६ वैशाख, काठमाडौं । सार्वजनिक सवारी चढ्न र सार्वजनिक कार्यालय प्रवेश गर्न सरकारले मास्क अनिवार्य गरेको छ ।
मास्क नलगाए चढ्न र प्रवेश गर्न रोक लगाइनेछ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’ अनुसार सवारीमा अनिवार्य मास्क लगाएर चढ्न र मास्क नलगाएका यात्रु भए उनिहरुलाई बढिमा १० रुपैयाँ लिएर सवारी चालक वा सहचालकले मास्क बेच्न सकिने उल्लेख गरिएको छ । यस्तै सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने नियम बनाइएको छ ।
यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा जाँदा मास्क अनिवार्य गरिएको छ ।