९ वैशाख, वीरगञ्ज ।
वीरगञ्जमा १ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् । उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ ।
बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् ।
पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १-१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।
४ देखि ७८ वर्षका संक्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।