सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना दोधारा-चाँदनी बन्दरगाह

सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना दोधारा-चाँदनी बन्दरगाह

१० वैशाख, काठमाडौँ । कञ्चनपुरको दोधारा–चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया सुरु भएको छ।

तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा–चाँदनी तथा एकीकृत चौकीको गुरुयोजनालाई अन्तिम रुप दिने काम भएको छ। इन्टरमोडल यातायात विकास समिति परियोजना कार्यान्वयनको अन्तिम गृहकार्यमा जुटेको छ।

यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल आएपछि परियोजनाले तीव्रता पाएको हो। यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो।

कञ्चनपुरको महाकाली पारी दोधारा–चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ।

इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक गजुरले भन्छन्, यो परियोजनाले समग्र सुदूरपश्चिमको समृद्धिको ढोका मात्रै खोल्७शधव;ने छैन।

तेस्रो मलुकुसँगको व्यापारको ढोकालाई पनि यसले सहज बनाउने छ।’ गजुरेल परियोजना कार्यान्वयनका लागि अन्तिम गृहकार्य भइरहेको बताउँछन्। गजुरेल भन्छन्, ’यसलाई हामी तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं।’

यो समाचार आजको अन्नपूर्णपोस्टमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.