NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ? शुक्रबार पुस १८ , २०८२
देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक शुक्रबार पुस १८ , २०८२
गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर शुक्रबार पुस १८ , २०८२
बंगलादेशमा अर्का हिन्दूलाई पेट्रोल छर्केर मार्ने प्रयास शुक्रबार पुस १८ , २०८२
Next
Prev

समाचार

बिम्स्टेक शिखर सम्मेलनको तयारी तीव्र

बिहिबार असार ७ , २०७५
Reading Time: 1 min read
A A
बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा गर्न नेपालको प्रस्ताव
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, असार ७

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन आयोजना गर्न सरकारले तयारीलाई तीव्र बनाएको छ ।

सम्मेलनको पूर्व तयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरेको छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

LS Auto

बिम्स्टेकको अध्यक्ष हाल नेपाल रहेको छ । सरकारले आगामी भदौ १४ र १५ गते नेपालमा बिम्स्टेकको चौथो शिखर सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, म्यानमार, थाइल्याण्ड, भुटान र श्रीलंका सदस्य राष्ट्र छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो ।

सञ्चार मन्त्रालयमा आज आयोजित सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समितिको बैठकले सम्मेलनमा सञ्चारसँग सम्बन्धित सुविधा प्रबन्ध मिलाउने, स्वदेशी तथा विदेशी प्रेस प्रतिनिधिलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने, प्रेस पास, बुलेटिन र प्रचारप्रसारका कार्य गर्ने सम्बन्धमा छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा उपस्थित हुने पत्रकारको व्यवस्थापन सम्बन्धमा सरकारबाट आयोजना भएका सार्क शिखर सम्मेलनका अनुभवको अध्ययन गरी सोहिअनुरुप कार्यक्रम तयार गरी सूचना विभागले आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनमा सहभागी हुने पत्रकारको प्रेस पासको व्यवस्था सूचना विभागले पत्रकारको संख्या र सञ्चार गृहसँग छलफल तथा अन्तक्र्रिया गरी कार्यक्रमस्थलको क्षमता तथा संवेदनशीलतासमेत हेरी निर्धारण गर्ने भएको छ ।

प्रेस सेन्टरको व्यवस्थापनसम्बन्धी विस्तृत योजना सूचना विभागले तयार गरी आगामी बैठकमा पेश गर्ने र सम्मेलनको उद्घाटन र समापन कार्यक्रममा अधिकतम पत्रकारको उपस्थिति हुने तर अन्य कार्यक्रममा छानिएका पत्रकारको मात्र पहुँच हुन सक्ने व्यवस्था कायम गर्ने बैठकले निर्णय गरेको छ । सम्मेलनको कार्यक्रमस्थल र तालिका परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने छ ।

बैठकमा कार्यक्रम अवधिभर कार्यक्रमस्थलमा निःशुल्क वाइफाईको व्यवस्था गर्ने, डिजिटल ब्यानरको व्यवस्था गर्ने, बिम्स्टेकका बारेमा जनतामाझ प्रचारप्रसार गर्नेलगायत विषयमा छलफल भएको थियो ।

आजको बैठकमा सञ्चार सचिव महेन्द्रमान गुरुङ, सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरे, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक ओपेन्द्र शर्मा, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीलगायतले प्रेस पास व्यवस्थापन र पत्रकारको सुविधाका बारेमा आवश्यक सुझाव दिएका थिए।

बिम्स्टेकको यसअघि पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र सन् २०१४ मा तेस्रो शिखर सम्मेलन म्यान्मारमा भइसकेको छ । सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्य रहेको बिम्स्टेकका व्यापार, लगानी, गरिबी निवारण, कृषि, वातावरण संरक्षण, प्रविधि हस्तान्तरणलगायत १४ वटा सहयोगका क्षेत्र छन् ।

सन् २०१४ मा यसको सचिवालय बंगलादेशको ढाकामा स्थापना गरिएको छ ।
रासस

लोकप्रीय

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२

विचार

थप समाचार

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?
निर्वाचन

देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै
समाचार

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

टर्कीएमा आ ईए सविरुद्ध का रबाही, भारत चौथो अर्थतन्त्र || Nepal Times

00:24:02

भेनेजुएलामा अमेरिकाको पहिलो भूमिगत आक्रमण, ट्रम्पलाई नेतन्याहुको सम्मान|| Nepal Times

00:20:57

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गर्यो,ट्रम्प रिसले चुर

मङ्लबार पुस १५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

गगन विश्वलाई छाडेर देउवाको कित्तामा उभिए शेखर

शुक्रबार पुस १८ , २०८२

हालका पोस्टहरू

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

अबको प्रधानमन्त्री को ?कस्तो प्रधानमन्त्री चाहिएको छ ?

शुक्रबार पुस १८ , २०८२
गणतन्त्रमाथि धावा बोलेपछि, ओली,देउवा र प्रचण्ड एक

देउवा–प्रचण्डसंग पनि बयान लिइँदै, आयोगले पठायो प्रश्न

शुक्रबार पुस १८ , २०८२
भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

भेनेजुएलाले पक्राउ गर्न थाल्यो अमेरिकी नागरिक

शुक्रबार पुस १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.