×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

तातोपानी र रसुवागढी नाकामा उच्च सतर्कता अपनाउन शुरु

२१ बैशाख २०७८

२१ वैशाख, काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएपछि उत्तरी व्यापारिक नाकामा उच्च सुरक्षा सर्तकता अपनाउन शुरु गरिएको छ ।

व्यापार सहजताका लागि नेपालले अधिकतम् सुरक्षा अपनाउनु पर्ने भन्दै चिनियाँ प्रशासनको आग्रहपछि तातोपानी र रसुवागढीमा बाह्य मानिसको प्रवेश समेत रोकिएको भन्सार कार्यालयहरुले जनाएका छन् ।

रसुवागढी नाकाभन्दा डेढ किलोमिटर वरबाटै मानिसहरुको प्रवेशलाई अहिले निषेध गरिएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले अनलाइनखबरलाई बताए ।

खोपको मात्रा पूरा गरेका, क्वारेन्टिनमा बसेका र व्यापारसँग सम्बिन्धत जनशक्ति मात्रै अहिले नाकामा रहेको भन्सारका कार्यालय प्रमुख रेग्मीले बताए । कोभिड सुरक्षा सर्तकताका लागि चिनियाँ पक्षले निकै चासो दिएको पनि उनले बताए ।

‘नेपालमा संक्रमण बढेपछि चिनियाँहरुले निकै चासो देखाएका छन् । बोर्डरमा रहेका सबै जनशक्तिले खोप लगाएका छन् भने पीपीई, स्यानिटाइज र ज्वारो नापेर मात्र काममा खटिने गरेका छन्,’ भन्सार प्रमुख रेग्मीले थपे, ‘बोर्डर प्वाइन्टभन्दा डेढ किलोमिटर पर नै प्रहरीले नयाँ मानिसलाई प्रवेश रोकेको छ । नाकासम्म कोभिडको असर पर्न नदिन हामी सचेत छौं ।’

सरकारले तोकेको पूर्ण स्वास्थ्य मापदण्डको बोर्डरमा अधिकतम पालना गरेको पनि उनले बताए । कुनै पनि हालतमा नाकाको व्यापार कोभिडका कारण प्रभावित नहोस् भन्नेमा भन्सार प्रशासन सचेत रहेको रेग्मीले बताए । पछिल्लो समय नाका भएर आउने कन्टेनरको संख्या पनि बढेको उनले बताए ।

पहिले दैनिक पाँच सात वटा मात्रै कन्टेनर नेपाल भित्रिने गरेकोमा त्यो संख्या अहिले दैनिक ८ वटासम्म पुगेको उनले बताए । नाकाबाट स्याउ, लसुन, ओखर, जलविद्युत परियोजनाका सामानहरु आयात भइरहेका छन् ।

यता नेपाल–चीन व्यापारको अर्को नाका तातोपानीमा पनि उच्च सुरक्षा सर्तकता अपनाएर व्यापार सहजीकरण गरेको भन्सार कार्यालयले जनाएको छ ।

नाकालाई कोभिडमुक्त बनाउन त्यहाँ खटिएका भण्डै पाँच सय जनशक्तिले खोपको मात्रा पूरा गरेको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए ।

सामान ओसार्ने कन्टेनरका चालक तथा लोड अनलोडमा खटिने सबै कर्मचारीहरुलाई अनिवार्र्य क्वरेन्टिनमा राखिएको र पीपीई तथा शरीरको तापक्रम मापनलाई अनिवार्य गरिएको भन्सार प्रमुख खत्रीको भनाइ छ ।

‘नयाँ मानिसहरु भन्सारमा आउन सक्दैनन्, भएकाहरु क्वारेन्टिनमा बसेका छन् भने स्वास्थ्य सुरक्षा मापदण्ड पनि पूर्ण पालना गरेका छन्,’ खत्रीले भने ।

मालवस्तुको निसंक्रमण तथा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा चिनियाँ अधिकारीहरुले पनि निकै चासो राख्ने गरेको उनले बताए । ‘नाकामा अवरोध नहोस् भन्नेमा हामीहरु सबै जना सचेत छौं, यहाँ कोभिड असार नपरोस् भन्ने हाम्रो प्राथमिकता हो,’ भन्सार प्रमुख खत्रीले भने ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top