×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति

३० बैशाख २०७८

३० बैशाख, एजेन्सी । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ ।

सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ ।

अस्ट्रेलियाको औषधि नियामक निकाय(टिजीए)ले मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छैन । हालसम्म अस्ट्राजेनिका र फाइजरका खोपलाई मात्र टिजीएले मान्यता दिएको छ । यी तीनै किसिमका खोप दुई डोज लगाउनु पर्दछ ।

प्रधानमन्त्री स्कट मोरिसनले मोडर्नाका एक करोड डोज खोप यसै वर्षको अक्टोबरदेखि डिसेम्बरभित्र अस्ट्रेलिया आइपुग्ने विश्वास व्यक्त गरेका छन् । उनले अरु डेढ करोड डोज खोप भने भविष्यमा आइपर्ने संकटका बेलामा थप डोजका लागि हो भने ।

“कोरोनाभाइरस तत्कालै हामीबाट बिदा हुने सम्भावना देखिएन । त्यसैले भविष्यलाई पनि हेरेर तयारी गर्नुपर्ने अवस्था छ,” प्रधानमन्त्री मोरिसनले भने ।

मोडर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्ने बारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ । अस्ट्रेलियाका विज्ञान तथा औद्योगिक प्रविधि सल्लाहकार समूहका अध्यक्ष ब्रेन्डन मर्फीले मोडर्नासँगको छलफल सकारात्मक भए अर्को वर्षभित्रै अस्ट्रेलियामा मोडर्नाका खोपहरु उत्पादन हुनसक्ने बताए ।

अस्ट्राजेनिका खोप भने अस्ट्रेलियामा उत्पादन हुन थालिसकेको छ । मोडर्नाका दुबै खोप तीन साताभित्रै लगाउन सकिने अवस्था छ भने अस्ट्राजेनिकाको दोस्रो डोज तीन महिना कुर्नुपर्ने छ । फाइजरको खोप पनि तीन साताभित्रै लगाउन सकिन्छ ।

मोडर्नाको खोपका कारण अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् ।

अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज खोप लिन सम्झौता गरिसकेको छ । यो खोप ५० वर्षभन्दा कम उमेरका व्यक्तिको रोजाईको खोप हो किनभने यो उमेरभन्दा कम भएका व्यक्तिमा अस्ट्राजेनिका खोप लगाउँदा रगत जम्ने समस्या देखिएको थियो ।

सरकारले अस्ट्राजेनिकाको ३८ लाख डोज खोप आयात गर्ने तथा पाँच करोड डोज अस्ट्रेलियामै उत्पादन गर्ने सम्झौता गरेको छ ।

तर अहिले अस्ट्रेलिया सरकारले ५० वर्षभन्दा मुनिका व्यक्तिलाई मोडर्नाको खोप दिने तयारी गरेको छ ।

अस्ट्रेलियाले नोभाभाक्ससँग पनि पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको र त्यो यसैवर्ष आपूर्ति हुने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए ।

उनले अस्ट्रेलियासँग बढी हुने खोप अन्य मुलुकलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको जानकारी दिए ।

अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो । सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो । तर खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियाले कोरोनाभाइरस नियन्त्रणमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको छ । कोभिड–१९ बाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ । यदि पर्याप्त सावधानी नअपनाएको भए अस्ट्रेलियामा ३० हजारभन्दा बढीको ज्यान जाने सरकारको दाबी छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top