८ जेठ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटनको सशक्त प्रतिवाद गर्ने बताएका छन् ।
उनले प्रधानमन्त्रीका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्ने १४९ सांसद अदालत जाने जानकारी दिए ।
उनले अदालतले पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे । ‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ ।
हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं । फेरि संसद पुनस्थापना भएर लोकतन्त्र सही ट्रायकमा जानेछ । ’ प्रचण्डले विपक्षी गठवन्धनको वैठकपछि पत्रकारसँग भने ।
उनले विगतमा संसद् विघटन निरंकुश र प्रतिगमनकारी कदम भनेर सडक र अदालतमा जाँदा पुनस्थापना भएको स्मरण गरे । प्रचण्डले कोरोना महामारीको बेला देशलाई दुर्घटनामा लगेको जनताले नसहने बताए ।
निर्वाचन गर्नका लागि घोषणा नगरिएको बताउँदै निर्वाचनको अर्थ नभएको पनि उनको भनाई छ ।