१९ जेष्ठ, विराटनगर ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।
उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए ।
दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए ।
आगलागीको कारण अहिले थाहा नभएको पनि उनले बताए ।