२९ जेष्ठ, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा ८४ हजार ३ सय ३२ नयाँ कोरोना संक्रमित भेटिएका छन्।
यो बितेका ७० दिन यताकै कम संख्या रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नयाँ कोरोना संक्रमितको संख्या घटे पनि मृत्युदर भने फेरि उकालो लागेको छ।
२४ घण्टामा ४ हजार २ जना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो अवधिमा १ लाख २१ हजार ३ सय ११ जना संक्रमणमुक्त भएका छन्।
अहिलेसम्म भारतमा २ करोड ९३ लाख ५९ हजार १ सय ५५ जना संक्रमित भएका छन्। ती मध्ये २ करोड ७९ लाख ११ हजार ३ सय ८४ जना संक्रमण मुक्त भएका छन्।
३ लाख ६७ हजार ८१ जनाले भने ज्यान गुमाएका छन्। अहिले भारतमा १० लाख ८० हजार भन्दा धेरे सक्रिय संक्रमित रहेका छन्।
भारतले आफ्ना २४ करो ९६ लाख भन्दा धेरै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाइसकेको छ।