×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026

कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि

५ असार २०७८

५ असार, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ ।

प्रस्तावित नीति तथा कार्यक्रमको अध्ययनका लागि महानगरपालिकाका उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले दुई दिनको समय माग गरेपछि शुक्रबारदेखि पुनः सञ्चालन हुनुपर्ने बैठक आइतबारसम्मका लागि स्थगन गरिएको हो ।

बिहीबार नवौँ नगरसभाको पहिलो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम प्रस्ताव गरेका थिए । “बिहीबार बैठकमा नेपाली कांग्रेसका तर्फबाट उपप्रमुखलगायत धेरैजसो साथीहरु अनुपस्थित हुनुभयो”, प्रमुख शाक्यले भने, “सबैको उपस्थितिमा छलफल गरेर सर्वसम्मत रुपमा नीति तथा कार्यक्रम पारित गर्ने विगतको परम्पराअनुसार बैठक आइतबारका लागि सारिएको हो ।”

प्रमुख शाक्यले यही असार १० गते बजेट ल्याउनै पर्ने कानूनी बाध्यतालाई समेत ध्यानमा राखेर नेपाली कांग्रेसतर्फका जनप्रतिनिधिसँग आइतबार छलफल गरिने जानकारी दिए ।

नगरसभामा पेश भएको नीति तथा कार्यक्रमलाई अझ परिपक्व बनाउन उहाँहरुबाट गहकिलो सुझाव आउने अपेक्षा लिएको पनि प्रमुख शाक्यले बताए । “बजेट पेश गर्ने उपप्रमुखले नै हो, मैले त्यो विषयमा पनि उहाँहरुलाई जानकारी गराएको छु, बजेट तर्जुमा समितिको संयोजक नै उपप्रमुख हुने भएकाले त्यो विषयमा उहाँहरु जानकार हुनुहुन्छ भन्ने ठानेको छु”, शाक्यले भने, “हामी १० गते बजेट पेश गर्छौं ।

नीति तथा कार्यक्रममा सय श्ययाको काठमाडौँ महानगर विशेष अस्पताल स्थापना गर्ने, विद्युतीय सवारी करमा शत्प्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट÷सहुलियत दिने, महानगरवासीलाई नागरिक स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमूना विद्यालय कार्यक्रम, शहरी स्वास्थ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निःशुल्क सेवा जस्ता महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top