चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

चूडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब ३३ लाख बिगो दाबी

९ असार, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कर फर्स्यौट आयोगको ‘अनियमितता’ प्रकरणमा ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै आयोगले अदालतमा मुद्दा दर्ता गरेको हो ।

शर्मासहित कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध करदातासँग कर फर्छ्यौट सम्झौता गरी राजस्व रकम चुहावट गरेको सम्बन्धमा मुद्दा दायर गरिएको हो ।

तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारी रहेका प्रतिवादीहरूले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी आफ्नो व्यक्तिगत लाभ हुने तथा राज्यलाई हानिनोक्सानी पुर्यागई बदनियतपूर्ण कार्य गरेको स–प्रमाण पुष्टि हुन आएको अख्तियारले दायर गरको आरोपपत्रमा उल्लेख छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.