×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

कोरोना महामारीमा स्वास्थ्यमन्त्री फेरिएको फेरियै

११ असार २०७८

११ असार, काठमाडौं ।

पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमण दर र मृत्युदरमा केही कमी आएको छ । वैशाख दोस्रो सातादेखि पुनः फैलिएको कोरोनाको दोस्रो लहरले मुलुक नै रोएको थियो । विज्ञहरूले संक्रमणको तेस्रो लहर पनि आउन सक्ने चेतावनी दिइसकेको छन् ।

Advertisement

स्वास्थ्य संकटको यो घडीमा स्वास्थ्य मन्त्रालय हाँक्ने मन्त्रीको जिम्मेवारी अलि बढी नै हुन्छ । तर, जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो मन्त्रालय हाँक्ने मन्त्री नै फेरिरहँदा कार्यसम्पादनमा समस्या आएको पाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक मन्त्री परिवर्तन हुँदा अनेकन समस्या देखिएको छ । एक जना मन्त्रीले आफूले सारेको योजनालाई कार्यान्वयन गर्न नपाउँदै छिटोछिटो मन्त्री हेरफेर हुँदा कार्यसम्पादनमा समस्या देखिएको हो ।

३ फागुन २०७४ मा प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्ति भएयता तीन वर्ष चार महिनाको अवधिमा ६ जना स्वास्थ्यमन्त्री फेरिएका छन् । ओली प्रधानमन्त्री भएयता पद्मा अर्याल, उपेन्द्र यादव, भानुभक्त ढकाल, हृदयेश त्रिपाठी र शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालिसकेका छन् । बिहीबारदेखि भने मन्त्री कृष्णगोपाल श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय पनि हेर्नेगरी जिम्मेवारी दिइएको छ ।

कोरोना महामारीयता मात्रै चार स्वास्थ्यमन्त्री परिवर्तन भएका छन् । कोरोना महामारीयता ढकाल, त्रिपाठी र तामाङले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेकोमा बिहीबारदेखि श्रेष्ठले जिम्मेवारी बहन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सुरुमा आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राखेर अर्याललाई राज्यमन्त्री बनाएका थिए । लगत्तै १८ जेठ २०७५ मा उपेन्द्र यादवले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले । तर, उनी धेरै समय स्वास्थ्य मन्त्रालयमा रहन सकेनन् ।

४ मंसिर २०७६ मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भानुभक्त ढकाललाई दिइयो । उनी पनि जेनतेन एक वर्ष टिके । लगत्तै, १० पुस २०७७ मा स्वास्थ्यमन्त्रीको जिम्मेवारी त्रिपाठीले पाए । उनी पनि पाँच महिना मात्रै टिके ।

लगत्तै शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालय सम्हाल्ने मौका मिल्यो । तर, सर्वोच्च अदालतले मन्त्री नियुक्ति बदर गरिदिएपछि बिहीबार कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयसहितको जिम्मेवारी पाएका हुन् ।

मन्त्रीहरूले स्वास्थ्य क्षेत्रलाई उन्नयन बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयनमा आउन सकेको छैन । मन्त्री परिवर्तन भए पनि आमनागरिकलाई खोपको सुनिश्चितता हुन सकेको छैन ।

कोरोना रोकथाम नियन्त्रणमा स्वास्थ्य सामग्री खरिदलगायत प्रकरणमा स्वास्थ्यमन्त्रीकै कारण पटकपटक विवादमा समेत आउने गरेको थियो । मन्त्रीहरूले स्वास्थ्य मन्त्रालयमा प्राविधिकतर्फ सचिव नियुत्त गर्नेदेखि आमनागरिकलाई समयमा खोप लगाउने वाचा दिन भ्याए । तर, कार्यान्वयनमा सकस देखिएको छ ।

Advertisement

यो समाचार आजको राजधानीदैनीमा छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top