×

NEPAL TIMES UPDATES

Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026

सहज बन्दै प्रसारण लाइनको समस्या

२८ असार २०७८

२८ असार, काठमाडौं ।

विद्युत् प्रसारण लाइनको जग्गा प्राप्ति र मुआब्जा वितरण नै प्रमुख समस्याका रूपमा भोगिरहेको नेपाल विद्युत् प्राधिकरणलाई अब केही सहज हुने भएको छ । जलविद्युत् आयोजना प्रभावितलाई जस्तै प्रसारण लाइन निर्माण क्षेत्रका बासिन्दालाई पनि सेयर वितरण गर्ने र समस्या समाधानका लागि कार्यदल गठन हुने भएपछि त्यस्तो सहज अवस्था हुने बताइएको छ ।

प्रसारण लाइनका प्रभावितहरूलाई ३ प्रतिशत सेयर दिने प्रस्ताव गरिएको छ । सरकारले आर्थिक वर्ष २०७८÷८९ को वार्षिक बजेटमा प्रसारण लाइनका जग्गाको मुआब्जासँगै आयोजनाको सेयर वितरण गर्दा अग्राधिकार दिनुपर्ने व्यवस्था गरेलगत्तै प्रक्रिया अघि बढको छ ।

त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले मस्यौदा गरेको कार्यविधि निर्देशिका तयार पारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अर्थ मन्त्रालययमा पठाएको छ । अर्थ मन्त्रालयबाट सो कार्यविधि धितोपत्र बोर्डमा पठाइएको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुुवालले भने, “सेयर दिने कार्यविधि तथा निर्देशिका अर्थ मन्त्रालय हुँदै धितोपत्र बोर्डमा पुगेको छ, छिट्टै कार्यान्वयनमा जान्छ । ”

उनका अनुसार १० प्रतिशत सेयरमा ३ प्रतिशत सेयर प्रसारण लाइनका प्रभावितहरूलाई दिइने प्रस्ताव गरिएको छ । बाँकी ७ प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई दिइनेछ । भेटुवालले भने “यो व्यवस्थाले अवरोध हट्छ, आयोजनाहरूमा अब समस्या हुँदैन किनकि प्रसारण लाइनका बासिन्दाले पनि यो हाम्रो आम्दानीको स्रोत हो भन्ने अनुभूति गर्नेछन् । ”

प्रसारण लाइनको समस्याग्रस्त २४ जिल्लामा विद्युत् प्रसारण लाइन निर्माणमा समस्या देखिएको हो । त्यस्ता क्षेत्रमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन भएको छ ।

प्रसारण लाइन निर्माणमा जग्गा प्राप्ति र मुआब्जामा देखिएका समस्या समाधान हुने प्राधिकरणको दाबी छ । २४ जिल्लामा स्थानीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा स्थानीय तहमा कार्यदल बनाइएको हो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top