×

NEPAL TIMES UPDATES

Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026

अफगानिस्तानमा अमेरिकी तथा नेटो सैनिकका प्रमुख कमाण्डर मिलर जिम्मेवारीबाट हटे

२९ असार २०७८

२९ असार, एजेन्सी ।
अफगानिस्तानमा सैन्या अभियानको नेतृत्व गरिरहेका अमेरिकी तथा नेटो सैनिकका शीर्ष कमाण्डर आफ्नो जिम्मेवारीबाट हटेका छन् ।

अमेरिकाको नेतृत्वमा विगत २० वर्षदेखि अफगानिस्तानमा जारी सैन्य अभियानको अन्त्य हुँदै गर्दा सैनिक जनरल अस्टिन ‘स्कट’ मिलरले शीर्ष कमाण्डरको जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

Advertisement

सोमबार जनरल मिलरले आफ्नो जिम्मेवारी दुई जनरलमा हस्तान्तरण गरेका हुन् । साधारण समारोहका बिच उनले फ्लोरिडामा रहेको सेन्ट्रल कमाण्ड हेडक्वाटरबाट अमेरिकी सैन्य अभियानको नेतृत्व गर्ने एक तथा अफगानिस्तानमा रहने झण्डै ६५० सैनिकको नेतृत्व गर्ने अर्का जनरलमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा जारी सैन्य अभियान अगस्ट ३१ सम्ममा अन्त्य हुने घोषणा गरिसकेका छन् । सो समय सीमा भेट्टाउनका लागि अमेरिकी तथा नेटोमा रहेका बेलायतीसहितका सैनिकहरुको अन्तिम समूह फिर्ता हुने क्रममा छ ।

अमेरिकी तथा नेटो सैनिक फिर्ता हुने क्रम जारी रहँदा अफगानिस्तानमा तालिबान बिद्रोहीको प्रभाव भने बिस्तार हुँदै गएको छ । पछिल्ला दिनमा तालिबानले आफ्नो नियन्त्रणको क्षेत्र बढाउने क्रम जारी राखेको छ ।

सोमबार भएको बिदाई कार्यक्रममा जनरल मिलरले भने, ‘मैले औपचारिक रुपमा बिदा लिनु आवश्यक थियो । अब हाम्रो काम भने नर्बिसनु हो ।’ बिदाई कार्यक्रममा उच्च अफगान अधिकारीहरु पनि थिए ।

उनी अफगानिस्तानमा अमेरिकी तथा नेटो सैनिकको नेतृत्व लामो समय गर्ने सैनिक जनरल हुन् । अफगानिस्तानमा गरेको काम आफ्नो सैन्य जीवनको ‘हाइलाइट’ रहेको पनि उनले बताएका छन् ।

काबुलमा भएको कार्यक्रममा उनले अमेरिकी सहयोग जारी रहने पनि बताए । तालिबानले हालै मात्रा अफगानिस्तानको ८५ प्रतिशत क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

यो दाबी स्वतन्त्र रुपमा पुष्टि गर्न सकिएको छैन र सरकारले अस्वीकार गरेको छ । अर्को आँकलनमा अफगानिस्तानका ४०० मध्ये एक तिहाई जिल्लामा तालिबानको नियन्त्रण रहेको ठानिन्छ ।

अमेरिकी नेतृत्वको सैन्य अभियानले तालिबानलाई सन् २००१ मा सत्ताबाट बाहिर पठाएको थियो । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी आक्रमणमा संलग्न रहेको अभियोग थियो तालिबानमाथि ।

अमेरिकी राष्ट्रपति तथा अरु अमेरिकी नेताहरुले तालिबानले काबुलमा रहेको अफगान सरकारमाथि धावा नबोल्नेमा विश्वास रहेको बताउँदै आएका छन् । तर केही कूटनीतिक सूचनाहरुका अनुसार त्यो हुन सक्ने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top