१० साउन, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् । मुलुकभर अहिले सम्म मृत्यु हुनेको संख्या ९,७१३ रहेको मन्त्रालयले जनाएको छ ।