२० साउन, काठमाडौं ।
नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारले निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे ।
सरकारले खोप उत्पादनका लागि उत्पादक कम्पनीलाई प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए ।