बैतडीमा खुले विद्यालय

बैतडीमा खुले विद्यालय

२१ साउन, बैतडी ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए ।

उनले भने, “हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।” कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको नगरपालिकाले जनाएको छ । मेलौली ४६ सामुदायिक विद्यालय छन् ।

अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेका शिक्षा विकास तथा समन्वय समितिका प्रमुख नरेन्द्र अवस्थीले बताए । उनले भने, “संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्नसक्ने अधिकार दिएको छ, सोही अनुसार तयारी गरिरहेका हुन् ।”रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.