२१ साउन, काठमाडौं ।
सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने तयारी गरेकाे छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।
उनले यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने बताए ।
राज्यमन्त्री श्रेष्ठले दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि जानकारी दिए ।
बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको उनले बताए । आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने उनको दाबी छ ।