×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

इजरायलको रोजगारीमा ठगी धन्दा

२२ श्रावण २०७८

काठमाडौँ: इजरायल रोजगारीको आकर्षक प्रलोभन देखाएर ठगी धन्दा सुरु भएको छ । सरकारले इजरायलको रोजगारी खुलाएसँगै बजारमा यस्ता ठगी धन्दा सुरु भएका हुन् । केही दिनयता सामाजिक सञ्जालमा विभागबाहेक अर्को पक्षले २५० आवेदकलाई परीक्षा उत्तीर्ण गराइदिने भन्दै बोलेको एक अडियो सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले यस्ता गलत सूचनाप्रति सजग रहन आग्रह गरेको छ ।

विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले इजरायलमा सुसारे (केयरगिभर) छनोट गरी पठाउन नेपाल सरकारसँग आफ्नो सम्झौता भएको भनेर आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारी भ्रम फैलाई रकमसमेत उठाउने कार्य भइरहेको अडियोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

Advertisement

उक्त अडियो सार्वजनिक भएपछि विभागले यस्ता अनधिकृत समूह र व्यक्ति पहिचान गरी कारबाही गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले इजरायलमा केयरगिभर श्रमिक पठाउने विषयमा सरकारसँग आफ्नो सम्झौता भएको भन्दै सामाजिक सञ्जालमार्फत आवेदन माग गरेर गलत प्रचारप्रति युवालाई सचेत रहन आग्रह गर्नुभयो ।

इजरायलको रोजगारी जीटुजीमार्फत अर्थात् नेपाल र इजरायल सरकारबीचको सम्झौताअनुसार हुने भएकाले यसमा कुनै पनि निजी संस्था आबद्ध नरहेकाले त्यस्तो प्रलोभनमा नपर्न विभागले सबैलाई सूचित गरेको हो । विज्ञप्तिमा इजरायलमा केयरगिभर छनोट गरी पठाउन सरकारसँग आफ्नो सम्झौता भएको छ भन्दै सामाजिक सञ्जालमार्फत आवेदन दिने व्यक्तिलाई प्रलोभनमा पारेको र भ्रम फैलाएकोबारे विभागको ध्यानाकर्षण भएको जनाइएको छ ।

Advertisement

पछिल्लो समय वैदेशिक रोजगार व्यवसायी कम्पनी, कन्सल्टेन्सी, एजेन्सीलगायत व्यक्तिगत तवरमा पनि इजरायल पठाइदिन्छु भन्दै रकम पनि असुल्ने गरेको पाइएको भन्दै यसबारे विभागले विज्ञप्तिमार्फत सचेत गराएको हो । इजरायलको केयरगिभरको रोजगारीका लागि विभागले यही १२ गते नै आवेदन माग गरिसकेको छ । आवेदन माग भएको २१ दिनभित्र वैदेशिक रोजगार विभागको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सकिन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top