कोरोना खोप माग्दै ७७ जिल्लाका शिक्षक धर्नामा

कोरोना खोप माग्दै ७७ जिल्लाका शिक्षक धर्नामा

२२ साउन, काठमाडाैँ ।

नेपाल शिक्षक महासंघले शिक्षा विज्ञान तथा मानव स्रोत केन्द्र, शिक्षा विभागमा धर्ना दिएको छ । ७७ जिल्लाबाट जम्मा भएका शिक्षकहरुले आफ्ना मागहरु शिक्षा विभागमा बुझाउँदै धर्ना दिएका छन् ।

विभिन्न ३४ बुँदे माग राख्दै उनीहरुले धर्ना दिएका हुन् । देशमा गुणस्तरीय शिक्षा विकासमा बजेटको २० प्रतिशत लगानी आवश्यकदेखि कोरोनाका कारण थला परेको शिक्षा क्षेत्रलाई उकास्न अविलम्व शिक्षक तथा कर्मचारीलाई कोरोनाको खोप व्यवस्था गरिनु पर्ने, अलग्गै शिक्षक अस्पतालको व्यवस्था गरिनु पर्ने लगाएतका माग राख्दै उनीहरुले विभागमा धर्ना दिएका थिए ।

शिक्षालाई अविलम्व संविधानको धारा ३१ अनुसार माध्यमिक तह सम्मको शिक्षा निःशुल्क गरियोस्, साविक उच्च मावि र बालकक्षाका शिक्षकको कोटा स्वीकृत दरबन्दीमा परिणत गरि उमेर हद नलाग्ने गरी आन्तरिक र खुल्ला प्रतियोगिता मार्फत् स्थायी गरियोस् भन्ने मागसहित ३१ मागका साथ शिक्षकहरु आन्दोलनमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.