कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

२३ साउन, काठमाडौं।

कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिसिएमसीलाई सिफारिस गरे संगै बोर्डको बैठक बस्न लागेको हो ।

बोर्डले बोर्डका सचिव, सदश्यहरुलाई छलफलको लागि बोलाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले बताए । बैठकमा राय के आउँछ त्यसै अनुसार निर्णय लिने उनले बताए।

कोरोना कारण रोकिएको कक्षा १२ को परीक्षा ३१ साउनदेखि शुरु गर्ने तय भएको थियो । कोरोना संक्रमण फैलिँदै गरेको अहिलेको अवस्थामा सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिश गरेको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी गराएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.