×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रधानन्यायाधीशको लिखित जवाफ- ओली सरकारका अध्यादेश र नियुक्ति संविधानसम्मत

२५ श्रावण २०७८

२५ साउन, काठमाडाैँ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन् ।

Advertisement

महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार गरिएका निर्णय कानून सम्मत रहेको उल्लेख छ ।

सभामुख अग्नि सापकोटाले अध्यादेशमार्फत २०७७ मङ्सिर ३० गते र त्यसपछिका नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले गरेको संवैधानिक निकायमा भएका नियुक्ति गैरसंवैधानिक भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । प्रधानन्यायाधीश राणाको लिखित जवाफमा संवैधानिक परिषद्को निर्णय असंवैधानिक भन्न नमिल्ने भएकाले उक्त रिट निवेदन खारेज हुनुपर्ने तीन आधार प्रस्तुत गरेका छन्।

नेपालको संविधानको धारा २८४ ले प्रधानान्याधीश, संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्तिको सिफारिस गर्न संवैधानिक परिषद्सम्बन्धी व्यवस्था गरेको छ । लिखित जवाफमा भनिएको छ, “संवैधानिक परिषद्ले संविधानले प्रदान गरेको अधिकारक्षेत्र भित्र रहेर संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अनुसार गरिएका निर्णय संविधान र कानूनसम्मत नै रहेको हुँदा निवेदकको जिकिर औचित्यपूर्ण छैन ।”

त्यसैगरी नेपालको संविधानले शक्तिपृथकीकरणको सिद्धान्तलाई मूर्तरूप दिन कार्यकापालिका, व्यवस्थापिका र न्यायपालिकाको अलगअलग संरचनामा राज्यशक्तिको विभाजन गरेको छ । शक्तिपृथकीकरण विना कानूनी राज्यको अवधारणाले सार्थकता पाउन सक्दैन । कार्यकारी अधिकारका लागि कार्यपालिकाको व्यवस्था गरिएको छ, व्यवस्थापिकाको अधिकारका लागि व्यवस्थापिकाको प्रबन्ध गरिएको छ, संविधानको संरक्षण र नागरिक हक अधिकारको प्रचलनका लागि न्यायपालिकाको व्यवस्था गरिएको छ ।

लिखित जवाफमा भनिएको छ, “यी अङ्गको कानूनको कार्यान्वयन गर्ने, कानूनको तर्जुमा गर्ने र कानूनको व्याख्या गर्ने जिम्मेवारी संविधानले प्रदान गरेको छ, वर्तमान संविधानको भाग ९ मा सङ्घीय व्यवस्थापन कार्यविधिको शीर्षकअन्र्तगत धारा १०९ देखि धारा ११४ सम्म कानून निर्माणको प्रक्रिया व्यवस्था गरिएको छ, धारा ११४ मा अध्यादेशसम्बन्धी व्यवस्था छ ।”

अध्यादेश ऐन सरह लागू हुने गरी जारी गरिएको कार्यकारी आदेश हो । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन नचलेको, तत्काल कानूनी व्यवस्था नभएर काममा बाधा भएमा र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको सिफारिसमा जारी भएमा अध्यादेश जारी गर्न सकिन्ने लिखित जवाफमा छ ।

प्रधानन्यायाधीश राणाले तेस्रो आधार प्रस्तुत गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) र सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी भएको छ । उक्त व्यवस्थाअनुसार अध्यक्ष र कम्तीमा पाँच सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने व्यवस्था छ । लिखित जवाफमा भनिएको छ, “उक्त व्यवस्थाको सट्टा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिने भनी संशोधन भएको देखिन्छ ।”

Advertisement

सर्वोच्च अदालतको उक्त विवादमा १० थान रिट निवेदन परेको थियो । संवैधानिक इजलास र नियमित इजलासमा विचाराधीन अवस्थामा रहेका छन् । सभामुख सापकोटा २०७७ माघ २३ गते सर्वोच्च अदालतको उक्त निर्णयविरुद्ध रिट निवेदन दायर गरेका थिए । महान्यायाधिवक्ताको कार्यालयमार्फत गत चैत ११ गते सर्वोच्च अदालतमा लिखित जवाफ पेश भएको भए पनि सार्वजनिक रूपमा गलत खालका समाचार सम्प्रेषण भएपछि अदालते आइतबार उक्त लिखित जवाफ सार्वजनिक गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “केही सञ्चारमाध्यममा गलत खालका समाचार सम्प्रेषण भएको देखियो, सत्य के हो भनेर देखाउनका लागि आज उक्त लिखित जवाफ सार्वजनिक गरिएको हो ।”

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top