व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने धौबादी खानीको काम अघि बढ्यो

व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने धौबादी खानीको काम अघि बढ्यो

धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ ।

कम्पनीले आह्वान गरेको टेन्डरमा यी कम्पनीसहित ११ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये कम्पनीले ६ ओटालाई छनोट गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.जनकबहादुर चन्दले साउन पहिलो हप्ता ती कम्पनीहरू छनोट गरिएको जानकारी दिए । यी छनोट भएका कम्पनीमध्ये एउटा कम्पनीलाई सम्भाव्यता अध्ययन र डीपीआरका लागि ठेक्का दिइने उनले बताए । उक्त कम्पनीले ३ महीनाभित्र सम्भाव्यता अध्ययन गर्नेछ । कम्पनीका सीईओ चन्दले अध्ययनपछि मात्रै डीपीआर बनाइने र त्यसका लागि भने ७ महीनाको समय दिइने जानकारी दिए ।

धौबादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न सकिने पुष्टि भएको ९ महीनापछि कम्पनीले यी अध्ययन तथा प्रतिवेदन तयार गर्न कम्पनी छनोट गर्दै छ । उनले यो चालू आर्थिक वर्षमा अध्ययनको काम सम्पन्न गरेर उत्पादनतर्फ लाग्ने जानकारी दिए ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.