×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

काँग्रेसको १४ औँ महाधिवेशनबारे दुई विकल्प

२७ श्रावण २०७८

२७ साउन, काठमाडाैँ ।

नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरूले १४औँ महाधिवेशनबारे दुई विकल्प अगाडि सारेका छन् । दुई दिनदेखि ठमेलमा भएको जिल्ला सभापतिको बैठकले अहिलेको परिस्थितिमा संविधानले तोकेको समयभित्र महाधिवेशन सम्पन्न हुनेमा शङ्का व्यक्त गर्दै दुई विकल्प अगाडि सारेका हुन् ।

Advertisement

बैठकमा क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै ‘फास्ट ट्र्याक’मार्फत पारदर्शी तरिकाले क्रियाशील सदस्यतालाई अन्तिम रूप दिएर भदौभित्र निर्वाचन गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै बैठकमा भदौभित्र महाधिवेशन गर्न नसके १३औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधिबाट ६ महिनादेखि एक वर्षसम्मका लागि विशेष महाधिवेशन गर्नेबारे छलफल भएको काङ्ग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले जानकारी दिए ।

पार्टीको वैधानिकता निर्वाचन आयोगले दिन नसक्ने भन्दै संविधानले नदिएको बाटोमा पार्टी जान नहुनेतर्फ अधिकांश जिल्ला सभापतिको जोड रहेको सभापति आचार्यले बताए । महाधिवेशनको प्रक्रिया नियमित हुनुपर्ने उनको भनाइ थियो । बैठकमा छलफलका क्रममा ३५ भन्दा बढी जिल्लाका सभापतिहरूले आफ्नो जिल्लाको क्रियाशील सदस्यता विवाद रहेको धारणा राख्नुभएको जिल्ला सभापतिको भनाइ उद्धृत गर्दै काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिए । उक्त बैठकमा ३८ जिल्ला सभापति र भर्चुअल माध्यमबाट १७ जिल्लाका सभापतिको सहभागिता थियो ।

काङ्ग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जिल्लाबाट पठाएको क्रियाशील सदस्यतालाई विवादरहित ढङ्गले टुङ्ग्याएर महाधिवेशनमा जानुपर्ने बताए । जिल्ला सभापतिको बैठकमा सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले पाँच वर्ष ६ महिनाभित्र हरेक राजनीतिक दलले केन्द्रीय पदाधिकारीको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख गरेको भएकाले भदौभित्र काङ्ग्रेसको महाधिवेशन नभए पार्टी अवैधानिक हुने बताएका थिए । पचहत्तर वर्ष लामो इतिहास बोेकेको काङ्ग्रेसमा अहिलेसम्म यस्तो परिस्थिति नआएको वरिष्ठ नेता पौडेलले बताए ।

Advertisement

पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जिल्ला सभापतिले दिएको सुझावका आधारमा पार्टीको महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताए । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीका जिल्ला सभापतिहरूको सुझावअनुसार क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन र विधिसम्मत महाधिवेशन गर्न नेतृत्वले पहल गर्नुपर्ने बताए । जिल्ला सभापतिको बैठकमा भेला भएका संस्थापन इतरका नेताहरूले पार्टी सभापतिले भदौभित्रै महाधिवेशन सम्पन्न गर्छु भनेर सार्वजनिक रूपमा नै बोलिसकेकाले महाधिवेशनबारे शङ्का नगरी संस्थापन इतर पक्षबाट साझा नेतृत्व चयनमा लाग्नुपर्ने धारणा राखेका थिए ।रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top