२७ साउन, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ४८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ जनामा र एन्टिजेन विधिबाट ५ हजार ७४९ परीक्षणमा ८६५ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ६५६ नमुना परीक्षण गरिएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।
त्यस्तै एक हजार ८८५ जना कोरोनामुक्त भएका छन्।