×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

उपत्यकाको निषेधाज्ञा कस्तो छ ? यसो भन्छन् काठमाडौँका सिडियो

२७ श्रावण २०७८

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास पैदा भएको छ । उपत्यकाका जिल्ला प्रशासनहरुले मंगलवार बिहीवारबाट लागू हुनेगरी राती ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेको थियो । जसपछि आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हुनसक्ने अनुमान लगाउँदै त्रास पैदा भएको छ । यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेको छ । प्रस्तुत छ काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

मंगलवार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुले गर्नुभएको निर्णय के हो ?

Advertisement

हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । हामीले निरन्तर्ता नै दिएका छौँ । फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरुलाई हामीले सिमित गरेका छौँ । हामीले अहिले दुई÷तीनवटा कुरामा जोड दिएका छौँ । एउटा पूर्ण रुपमा निषेध गरिएका विषयहरु छन् । त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भीडभाड गर्नु नहुने, केही क्षेत्रहरु खोल्न नपाइने छन् । अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरु पनि छन् । र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो । बीचको २ महिनादेखि हामीले केही क्षेत्रहरु खुलाएको अवस्था छ । तर पछिल्लो चरणमा हिजो÷अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीहरुको चाप अहिले बढेको देख्न सकिन्छ । त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ । एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रुपमा केही निर्णयहरु गरेका हौँ । हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक यातायातको क्षेत्रमा मास्कहरु लगाएको छ कि छैन, मल पसलहरुमा पनि भीडभाड कत्तिको छ ? मास्कहरु के छ, भनेर हामी निस्किएका थियौँ । मास्क अधिकांशले लगाएको नै देख्यौँ । नलगाएकालाई हामीले बाढ्यौँ पनि । अब जरिबाना पनि शुरुवात गरेका छौँ । संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरु पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो । त्यो अनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ । अधिकांश साबिक बमोजिमकै निर्णयहरु छन् ।

अनि बेलुका ८ बजे पछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?

हिजो हामीले थप एउटा गरेको छौं, रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेण्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरु आए । मानिसहरु बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटलका मानिसहरुले पनि स्वास्थ्य प्रोटोकलहरु पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भीडभाडजन्य गतिविधिहरु रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरुको ढुवानी गर्न राती दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरु पनि चल्न पाएँछन् । जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिती नआओस् भनेर उपत्यका आउने÷जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ । सबै निजी र सार्वजनिक सवारीसाधनहरु ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलव रात्रीकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । यसमा पनि हिजो हामीले आदेश जारी गर्यौं । अब केही सुझाव हामीलाई प्राप्त भएको छ । राती कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भीडभाडमा कोरोना नलाग्ने, राती लाग्ने भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भीडभाड जन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरु पार्किङ गरेर रेष्टुरेण्ट तिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरु नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ । त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो । अरु साविक बमोजिम नै छ । तर अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको छ । यो जारी गरेको आदेश जुनसुकै वखत पनि पुनरावलोकन हुनसक्छ । हामी दिन प्रतिदिन डाक्टरहरुसँग स्वास्थ्य मन्त्रालयहरुसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो । अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ । अक्सिजन नपुगेर कोही व्यक्तिहरुको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ । बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो ।

अनुगमन गर्दागर्दै पनि सेवाग्राहीहरुले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन यसमा के भन्नुहुन्छ ?

हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ । यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु । मास्क नलगाएकोलाई मास्क लगाउनुस् भनिरहेका छौँ, भीडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ । सेवाप्रदायक संस्थाहरुले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो । नागरिकहरुले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो । मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भीडभाड जन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ । गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ । विद्युत प्राधिकरण, दूरसञ्चार, खानेपानी तिर यो सम्भव हुन्छ, तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ । सनाखत गराउनुपर्यो, कार्डमा ल्याप्चे गर्नुपर्यो, त्यसमा समस्या हुन्छ । मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ । तर व्यवहारिक रुपमा त्यति कार्यान्वयन गर्न सकिएन । त्यो भएको हुनाले भीडभाड जन्य गतिविधि रोक्नको निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुपर्यो र नागरिकहरुले पनि त्यत्तिकै ध्यान दिनुपर्यो । अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरुलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु । एकपटक बिहानपख, मध्यान्हपख र बेलुकाको गतिविधिहरुका अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । हामीले गरिरहेका छौँ, तर आम नागरिकहरु र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरुको सहभागिता बिना यो सम्भव छैन । प्रहरीको गाडि जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेण्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन । प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सिमित प्रहरी हुन्छ । काठमाडौंमा ३०÷४० लाख जनसंख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन । हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

काठमाडौं उपत्यकामा राजनीतिक दलहरुबाट भइरहेका अवरोध तथा नारा जुलुसहरुलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?

हामीले अहिले राजनीतिक दलहरुलाई पनि अनुरोध गरेका छौँ । यो बीचमा मैले एउटा स्टेटमेण्ट पनि निकालेँ । सभाजुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्यौं । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरुलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आ–आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब आउने दिनमा त्यस्ता गतिविधिहरु नहोला भन्ने अपेक्षा गरेका छौँ ।

कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध लड्न कस्तो तयारी छ ?

Advertisement

अब अहिले त प्रमुख अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको माग आपूर्तिको बीचमा दूरी छ । धेरैलाई खोप लगाउनुपर्ने छ । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो । त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बिन्धत निकायलाई भन्नुपर्छ । यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ । जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्यो भनेर । हरेक हिसावले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायहरुलाई आफ्नो कुराहरु भन्ने राख्ने गरिरहेका छौँ । त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन, तर अहिले हामीले लापरवाही गर्दै गयौँ, हेलचेक्राँइ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरुको निधन भयो त्यो अवस्थामा नपुग्नको लागि हामी आफू पनि सचेत हुनुपर्यो ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top