NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

उपत्यकाको निषेधाज्ञा कस्तो छ ? यसो भन्छन् काठमाडौँका सिडियो

बुधबार साउन २७ , २०७८
Reading Time: 1 min read
A A
Nepal Top
घर जानका लागि २ दिनको समय दिईने : सीडीओ पराजुली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । तर यो निषेधाज्ञा विगतको भन्दा परिवर्तन भएकोले आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हो कि भन्ने त्रास पैदा भएको छ । उपत्यकाका जिल्ला प्रशासनहरुले मंगलवार बिहीवारबाट लागू हुनेगरी राती ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेको थियो । जसपछि आम मानिसहरुमा कोरोनाको तेस्रो लहर आएको हुनसक्ने अनुमान लगाउँदै त्रास पैदा भएको छ । यसै विषयमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीसँग कुराकानी गरेको छ । प्रस्तुत छ काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

मंगलवार काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुखहरुले गर्नुभएको निर्णय के हो ?

हामीले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिलेसम्म जारी नै छ । हामीले निरन्तर्ता नै दिएका छौँ । फेरि भदौ ८ गतेसम्म केही क्षेत्रहरुलाई हामीले सिमित गरेका छौँ । हामीले अहिले दुई÷तीनवटा कुरामा जोड दिएका छौँ । एउटा पूर्ण रुपमा निषेध गरिएका विषयहरु छन् । त्यसमा सबै प्रकारका सभा सम्मेलन, खुल्ला स्थानमा भेला हुने, जम्मा हुने, भीडभाड गर्नु नहुने, केही क्षेत्रहरु खोल्न नपाइने छन् । अर्को भनेको स्वास्थ्यका मापदण्ड पालना गरेर कार्य सञ्चालन गर्ने भनेर छोडेका विषयहरु पनि छन् । र अहिले हामीले निषेधाज्ञा जारी गरेको साढे तीन महिना पुग्यो । बीचको २ महिनादेखि हामीले केही क्षेत्रहरु खुलाएको अवस्था छ । तर पछिल्लो चरणमा हिजो÷अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ । संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ । मृत्युदर पनि बढ्न थालेको अवस्था छ । अस्पतालमा बिरामीहरुको चाप अहिले बढेको देख्न सकिन्छ । त्यो कारणले अब यसलाई फरक दृष्टिकोणले हेर्नुपर्छ । एकैपटक पूर्ण निषेधाज्ञा जारी गर्नुभन्दा पनि पहिला हामीले पूर्वमा केही गर्नुपर्छ भनेर अनुगमनको रुपमा केही निर्णयहरु गरेका हौँ । हिजो म आफैँ पनि अनुगमनमा निस्किएँ । सार्वजनिक यातायातको क्षेत्रमा मास्कहरु लगाएको छ कि छैन, मल पसलहरुमा पनि भीडभाड कत्तिको छ ? मास्कहरु के छ, भनेर हामी निस्किएका थियौँ । मास्क अधिकांशले लगाएको नै देख्यौँ । नलगाएकालाई हामीले बाढ्यौँ पनि । अब जरिबाना पनि शुरुवात गरेका छौँ । संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरु पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो । त्यो अनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ । अधिकांश साबिक बमोजिमकै निर्णयहरु छन् ।

LS Auto

अनि बेलुका ८ बजे पछि सबै बन्द भनेको के हो ? कस्तो बन्द हो ?

हिजो हामीले थप एउटा गरेको छौं, रात्रीकालीन व्यवसायको कारणले होटल, रेष्टुरेण्ट, टेकवे मात्रै दिने भन्यौँ, हाम्रोमा गुनासोहरु आए । मानिसहरु बाहिरै बसेर खाइरहेका छन् । रेष्टुरेण्टहरु चालु भइरहेको छ, होटलका मानिसहरुले पनि स्वास्थ्य प्रोटोकलहरु पालना गरेको देखिँदैन भन्ने गुनासो आएपछि हामीले भीडभाडजन्य गतिविधिहरु रोक्नलाई नै यो मास्क खोलेर हुने गतिविधि छ, बेलुकाको खानपिनको कार्यक्रम त्यसमा अलिकति निरुत्साहित गर्न सकियोस् भनेर हामीले सबैले आ–आफ्नो गन्तव्यमा ८ बजेभित्र पुगिसक्नु पर्ने सोचमा एउटा निर्णय थप गरेका हौँ । त्यसमा अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउँछन् । गिटी, बालुवा, निर्माणजन्य सामग्रीहरुको ढुवानी गर्न राती दिइएको छ । बाहिरबाट उपत्यका प्रवेश गर्ने गाडीहरु पनि चल्न पाएँछन् । जस्तै जामको कारणले, कारणवश थानकोटदेखि तल रोकिनुपर्ने स्थिती नआओस् भनेर उपत्यका आउने÷जानेलाई पनि सहजीकरण गरिदिनु भनेका छौँ । सबै निजी र सार्वजनिक सवारीसाधनहरु ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने भनेको मतलव रात्रीकालीन व्यवसायमा, माहोलमा भीडभाड नहोस् भन्ने मुख्य उद्देश्य हो । यसमा पनि हिजो हामीले आदेश जारी गर्यौं । अब केही सुझाव हामीलाई प्राप्त भएको छ । राती कोरोना सर्ने दिउँसो नसर्ने, दिउँसो भीडभाडमा कोरोना नलाग्ने, राती लाग्ने भन्ने प्रश्न पनि आएको छ । हाम्रो मुख्य उद्देश्य सवारी साधन रोक्ने होइन, तर यो भीडभाड जन्य गतिविधि मोटरसाइकल पार्किङ, गाडीहरु पार्किङ गरेर रेष्टुरेण्ट तिर खाने प्रवृत्ति धेरै देखियो, मास्कहरु नलगाउने प्रवृत्ति देखियो त्यसैले हामीले अनुगमन पनि गरिराखेका छौँ । त्यसलाई कडाइ गर्ने मुख्य उद्देश्य हो । अरु साविक बमोजिम नै छ । तर अब अलिकति काठमाडौंमा रेड जोनमै हामी पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको छ । यो जारी गरेको आदेश जुनसुकै वखत पनि पुनरावलोकन हुनसक्छ । हामी दिन प्रतिदिन डाक्टरहरुसँग स्वास्थ्य मन्त्रालयहरुसँग समन्वयमा छौँ, हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो । अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ । अक्सिजन नपुगेर कोही व्यक्तिहरुको पिक टाइममा मृत्यु भयो तर त्यसमा अहिले सुधार आएको छ । बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो ।

अनुगमन गर्दागर्दै पनि सेवाग्राहीहरुले स्वास्थ्यका मापदण्ड पालना गरिरहेको देखिँदैन यसमा के भन्नुहुन्छ ?

हरेक ठाउँमा हरेक निकायको जिम्मेवारी हुन्छ । यहाँ पनि सेवाग्राही आउनुभएको छ, म बेलाबेलामा गएर आफैँ हेरिरहेको हुन्छु । मास्क नलगाएकोलाई मास्क लगाउनुस् भनिरहेका छौँ, भीडभाड गर्नेलाई अलिकति दूरी कायम गरेर बस्नुस् भनिरहेका छौँ, यो सबैले पालना गर्नुपर्ने हुन्छ । सेवाप्रदायक संस्थाहरुले पनि आफ्नो कार्यालयको व्यवस्थापनमा ध्यान दिनुपर्यो । नागरिकहरुले पनि आफू कसरी सुरक्षित हुने भनेर ध्यान दिनुपर्यो । मास्क कसरी लगाउने, भरसक सम्भव भएसम्म भीडभाड जन्य गतिविधि नगर्ने, सेवा लिनुपर्दा पनि दूरी कायम गरेर बस्नुपर्ने हुन्छ । गर्न सक्दा टोकन सिस्टम लागू गरिदिने हो भने हरेक कार्यालयले टोकन दिने त्यसपछि उसको पालो तोकिन्छ र पालोमा आउने सिस्टम भए राम्रो हुन्छ । विद्युत प्राधिकरण, दूरसञ्चार, खानेपानी तिर यो सम्भव हुन्छ, तर हाम्रो यो नागरिकता वितरणको कार्य छ, त्यसमा एउटा व्यक्ति पटक–पटक सम्पर्कमा हुनुपर्छ । सनाखत गराउनुपर्यो, कार्डमा ल्याप्चे गर्नुपर्यो, त्यसमा समस्या हुन्छ । मैले यहाँ पनि टोकन सिस्टम लागू पनि गरेँ । तर व्यवहारिक रुपमा त्यति कार्यान्वयन गर्न सकिएन । त्यो भएको हुनाले भीडभाड जन्य गतिविधि रोक्नको निम्ति सेवा प्रदायक संस्थाले पनि ध्यान दिनुपर्यो र नागरिकहरुले पनि त्यत्तिकै ध्यान दिनुपर्यो । अब अनुगमनमा हामी निस्केका पनि छौँ, स्थायी संयन्त्र पनि मैले बनाइदिएको छु, हाम्रो सहायक सिडिओ साबहरुलाई आजदेखि नै दिनमा तीन पटक अनुगमन गर्ने भनेको छु । एकपटक बिहानपख, मध्यान्हपख र बेलुकाको गतिविधिहरुका अनुगमन र रिपोर्टिङ गरेर त्यहाँ जरिबाना गर्ने अधिकार पनि प्रत्यायोजन गरेको छु । हामीले गरिरहेका छौँ, तर आम नागरिकहरु र सबै क्षेत्रबाट सरोकारवाला संस्थाहरुको सहभागिता बिना यो सम्भव छैन । प्रहरीको गाडि जाँदा बन्द गर्ने, प्रहरी जाँदा रेष्टुरेण्टबाट उठेर हिँड्ने र फेरि प्रहरी गएपछि खोल्ने त्यो प्रवृत्तिले यो नियन्त्रण हुँदैन । प्रहरीको संलग्नता कति क्षेत्रमा गराउने हेर्नुहोस् त अहिले खोप व्यवस्थापनमा प्रहरी, परीक्षाको सुरक्षामा प्रहरी, जुलुस व्यवस्थापन प्रहरी, हरेक ठाउँमा सिमित प्रहरी हुन्छ । काठमाडौंमा ३०÷४० लाख जनसंख्या सबैको पछाडि प्रहरी लगाएर साध्य हुने पनि होइन । हामीले अनुगमन गर्ने भन्दा पनि व्यक्ति स्वयं नै सचेत हुनुपर्छ । यसो भयो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।

काठमाडौं उपत्यकामा राजनीतिक दलहरुबाट भइरहेका अवरोध तथा नारा जुलुसहरुलाई हस्तक्षेप गर्न किन सक्नुभएन ?

हामीले अहिले राजनीतिक दलहरुलाई पनि अनुरोध गरेका छौँ । यो बीचमा मैले एउटा स्टेटमेण्ट पनि निकालेँ । सभाजुलुस नगर्नु भनेर । त्यसपछि अलि कम भएको छ । र हामीले यो सबैको विषय हो, सबै जिम्मेवार नै हुनुपर्छ, अहिले जुलुस सभा गर्ने अवस्था होइन भनेर अनुरोध गर्यौं । अनुमति कसैलाई दिएका छैनौँ । र हस्तक्षेपको कुरा, एउटा माग राखेर जुलुस निकालेको छ त्यहाँ प्रहरीले लाठी चार्ज गर्ने कि नगर्ने ? शान्तिसुरक्षा, अपराध नियन्त्रणको प्रश्न त होइन, एउटा स्वास्थ्य मापदण्ड पालना गर्न अपनाउने अभियान हो, उहाँहरुलाई हामीले भनेका छौँ, मानिराख्नु भएको पनि छ, कोरोना नियन्त्रण गर्न राजनीतिक दल, नागरिक समाज, आम जनता सबैको दायित्व हो, त्यो सबैले आ–आफ्नो भूमिका दायित्व बुझेर नियम पालना गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । अब आउने दिनमा त्यस्ता गतिविधिहरु नहोला भन्ने अपेक्षा गरेका छौँ ।

कोरोना महामारी बढ्दै गयो भने त्यसको विरुद्ध लड्न कस्तो तयारी छ ?

अब अहिले त प्रमुख अक्सिजन नै हो । अक्सिजन अहिले ब्यालेन्समा गइरहेको छ र कतिपय अस्पतालमा अहिले लिक्विड अक्सिजनको व्यवस्था गरेकोले त्यस्तो समस्या देखिँदैन, स्वास्थ्य सामग्री पनि स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरेकै छ । प्रमुख समस्या भनेको अहिले खोपको हो । खोपको माग आपूर्तिको बीचमा दूरी छ । धेरैलाई खोप लगाउनुपर्ने छ । खोपको मात्रा कम आइरहेको छ । त्यो भएको हुनाले भीडभाड हुने, सबै नागरिकले खोप पाउने, नपाउने सुनिश्चितता नहुने, त्यो कारणले नै भीड भएको हो । त्यसको लागि क्रमशः हामीले आपूर्ति बढाउँदै जानुपर्छ खोपको लागि र स्वास्थ्य सामग्रीको लागि पनि हामीले सम्बिन्धत निकायलाई भन्नुपर्छ । यो स्वास्थ्य मन्त्रालयले नै गर्छ तर पनि भन्नुपर्छ । जस्तो अक्सिजन प्लान्टको लागि दिनदिनै जानकारी लिइरहेको छु, अवस्था के छ, तयारी अवस्थामा हुनुपर्यो भनेर । हरेक हिसावले हामीले आफ्नो सम्बन्धित सरोकारवाला निकायहरुलाई आफ्नो कुराहरु भन्ने राख्ने गरिरहेका छौँ । त्यस्तो भयावह आत्तिहाल्नुपर्ने अवस्था होइन, तर अहिले हामीले लापरवाही गर्दै गयौँ, हेलचेक्राँइ गर्दै गयौँ भने बीचको दोस्रो कोरोनाको लहरले धेरै व्यक्तिहरुको निधन भयो त्यो अवस्थामा नपुग्नको लागि हामी आफू पनि सचेत हुनुपर्यो ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत
अन्तर्राष्ट्रिय

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

World News: चीनको आक्रमणबारे अमेरिकी धम्की, युक्रेनका ११ गाउँ खाली गर्न आदेश || Nepal Times

00:12:40

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.