×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

काेराेना संक्रमितलाई नसा र स्नायुको समस्या, पक्षघात नै हुनसक्ने

२८ श्रावण २०७८

काठमाडौं : कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उहाँले भन्नुभयो, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थप्नुभयो, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म हुने सम्भावना रहेको चिकित्सकले जानकारी दिनुभएको थियो ।” उहाँका अनुसार उहाँलाई कोरोना सङ्क्रमण भएपछि निको भएको थियो । पछि त्यसैको कारण नसामा समस्या भएको चिकित्सकले जानकारी दिनुभयो ।

कार्की मात्र नभएर पोस्ट कोभिडका कारण धेरैलाई नसा तथा स्नायुमा समस्या देखिएको वरिष्ठ न्युरो सर्जन प्रवीन श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

कोभिडका कारणले फोक्सोमा असर पर्ने नै भयो तर यसको सङ्क्रमणले शरीरको विभिन्न अङ्गलाई पनि असर पार्न सक्ने विभिन्न अध्ययनले देखाएको छ । डा. श्रेष्ठका अनुसार कम्मर, ढाड, मस्तिष्क घात, पक्षघात साथै मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, समस्या हुने प्रस्ट पार्नुभयो ।

कोभिड सङ्क्रमण भएर निको भएका धेरै बिरामीले नसासम्बन्धी समस्या लिएर आफूकहाँ उपचारका लागि आएको अनुभव व्यक्त गर्दै भन्नुभयो, “अरू बेला पनि यस प्रकारको समस्या हुन्छ तर कोरोना कालमा बढी असर गर्ने गर्छ ।” आफूकहाँ उपचार गराउन आएका बिरामी सम्झँदै उहाँले थप्नुभयो, “५०/५५ वर्षको एक जना हात खुट्टा चल्न छाड्यो भन्दै आउनुभएको थियो । उहाँलाई कोरोना सङ्क्रमण पनि भएको थिएन तर दुई महिना अगाडि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको रहेछ । त्यसैले एक पटक एन्टी बडी टेस्ट गरियो । जसमा रिपोर्ट पोजेटिभ आयो । उपचार गर्न आउँदा कम्मरभन्दा तलको भाग नचल्ने अवस्थामा थियो तर १० दिनको उपचारपछि बिस्तारै हिँड्ने अवस्थामा पुग्नुभयो ।”

पोस्ट कोभिडमा यस प्रकारको समस्या आउन सक्ने बताउँदै उहाँले सतर्क र चिकित्सकसँग परामर्श गर्नुपर्ने सुझाव दिनुभयो । मलाई केही भएको छैन वा आफैँ नदुुख्ने औषधि खादापछि ठूलो समस्या आउन सक्ने चेतावनी दिनुुहुन्छ । पोस्ट कोभिडको कारण हात खुट्टा नचल्ने मात्र नभएर मस्तिष्कमा रक्तश्राव अथवा रगत जम्नु समस्या पनि हुने डा. श्रेष्ठको भनाइ छ । यसमा रक्तसञ्चार अत्यधिक भएर रगत जम्दछ । ब्रेन हेमरेजले पनि मस्तिष्कलाई क्षति पु¥याएर पक्षघातको समस्या निम्त्याउन सक्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top