२९ साउन, काठमाण्डौ ।
नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुनरुत्थानसँगै कर्जाको माग बढ्ने र तरलतामा चाप पर्नसक्ने दाबी गरेका छन् । विहीबार मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो विश्लेषण गरेका हुन् ।
उनले कर्जाको ब्याजदरमा चाप पर्नसक्ने संभावना रहेको दाबी गरेका हुन् । उनले कोभिडबाट थिलथिलो बनेको अर्थतन्त्रको पुनरुत्थानमा ध्यान दिनुपर्दा कर्जाको माग बढ्ने र यसले तरलतामा दवाब सिर्जना गर्ने दाबी गरे ।
उनले यहीकारण कर्जाको ब्याजदरमा चाप पर्नसक्ने संभावना देखिने बताए ।

