३० साउन, काठमाडौं।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
१३ हजार ५७३ नमुना परीक्षण गर्दा दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार ८ हजार ६६७ जनाको आरटी पीसीआर परीक्षण गर्दा एक हजार ९४७ जना र ४ हजार ९०६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४०५ रहेको छ।