चलायमान बन्दै अटोमोबाइल बजार

चलायमान बन्दै अटोमोबाइल बजार

काठमाडौं: वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा खुकुलो भएको करीब १ महीना बजारमा मागै नदेखिएको अटोमोबाइलको बजार अहिले भने चलायमान हुन थालेको छ । व्यवसायीहरूका अनुसार बजारमा सवारीसाधनबारे सोधपुछ गर्ने र बुकिङ गर्नेको संख्या उकालो लाग्दै गएको छ ।

कोभिडको दोस्रो लहरका कारण गत वैशाख १६ गतेदेखि भएको निषेधाज्ञाका कारण ठप्प रहेको अटोमोबाइल क्षेत्र गत असार दोस्रो सातादेखि खुलेको थियो । शोरूम खुले पनि शोरूममा सवारीसाधनबारे बुझ्न आउने ठप्पै भएको गुनासो व्यवसायीहरूले गर्दै आएका थिए ।

बजार खुलेको करीब १ महीनासम्म सोधपुछका लागि आउने पनि कोही नभएकोमा अहिले भने माग बढ्न थालेको छ ।, याे समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.