विराटनगर ः आयोजक रसियालाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।क्रोएसियाले शनिबार राति भएको खेलमा रसियालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउन सफल भयो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ को बराबरीमा गरेका थिए भने अतिरिक्त समयमा दुबै टोलीले एक एक गोल गरे ।रसियाले ३१ औं मिनेटमा डेनिस चेरसेवको गोलबाट अग्रता लिएको थियो । तर, ८ मिनेटपछि नै क्रोएसियाले बराबरी गोल फर्कायो । उसका लागि क्रमारिकले गोल गरे ।
निर्धारित समयमा दुबै टोलीबाट थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो । १०० औं मिनेटमा भिडाले गोल गरे ।तर, खेल सकिन ५ मिनेट बाँकी छँदा फर्नान्डेजले रसियाका लोभलाग्दो बराबरी गोल गरेका थिए ।
टाईब्रेकरमा धकेलिएको खेलमा रसियाका फेडर स्लोल्वको पेनाल्टी क्रोएसियाका गोलकिपरले रोकेका थिए । रसियाका गोलकिपर इगर एकिनफिवले क्रोएसियाका मारियो मान्जुकिजको पेनाल्टी रोक्दै टिमलाई अवसर दिए ।
तर, रसियाका मारियो फर्नान्डेजको पेनाल्टी सही दिशा नै लिन सकेन । इभान याकिटिकले गोल गर्दै क्रोएसियालाई सेमिफाइनलमा र्पुयाएका छन् ।सेमिफाईनलमा क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ ।