सिन्धुपाल्चोक: प्रधानमन्त्री शेरबहादुर देउवाले तातोपानी नाका पूर्ण रूपमा खुलाउन पहल गर्ने बताउनुभएको छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घ र नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पदाधिकारीसँगको भेटमा सोमबार उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले तातोपानी नाका पूर्ण रूपमा खुलाउन चीन सरकारसँग विशेष वार्ता गर्ने आश्वासन दिनुभएको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताउनुभयो । तातोपानी नाका २०७१ सालदेखि आंशिक रूपमा मात्रै सञ्चालनमा छ ।
सिन्धुपाल्चोकका उद्योगी व्यवसायीले तातोपानी नाका पूर्ण सञ्चालनका लागि पहल गरिदिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । , याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।