२४ वर्षपछि फेरि विभाजनको डिलमा एमाले

२४ वर्षपछि फेरि विभाजनको डिलमा एमाले

काठमाडौं : प्रमुख पतिपक्षी एमाले २४ वर्षपछि फेरि विभाजनको सँघारमा पुगेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको टकरावले एमाले ०५४ पछि दोस्रोपटक विभाजनको सँघारमा पुगेको हो ।

सर्वोच्च अदालतले नेकपा बदर गर्ने फैसला सुनाएपछि ब्युँतिएको एमालेमा त्यसयता शीर्ष नेताबीच राजनीतिक एंव सांगठनिक मुद्दामा विवाद जारी छ ।

सरकारले केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश राष्ट्रपतिकहाँ पठाएलगतै संस्थापन पक्षको मंगलबारको स्थायी कमिटी बैठक र संसदीय दलको बैठकले नेपालसहित १४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अधयादेश जारी भएलगत्तै एक दुई दिनभित्रै दल दर्ता गर्ने वरिष्ठ नेता नेपालको तयारी छ ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.