×

NEPAL TIMES UPDATES

Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026

९० प्रतिशत जनसंख्या केन्द्रीय ग्रिडको पहुँचमा

२ भाद्र २०७८

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ग्रिडको पहुँच ९० प्रतिशतमा पुगेको छ । विद्युत् प्राधिकरणको ३६ औं वार्षिकोत्सवमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिएको जानकारी अनुसार समग्रमा हालसम्म कुल ९० प्रतिशत देशको जनसंख्यामा आधारभूत रूपमा ग्रिडको पहुँच पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष ७.३७ प्रतिशतले ग्राहकको संख्यामा वृद्धि भई ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको प्राधिकरणले जनाएको छ । सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहकसहित विद्युत् उपभोग गर्ने कुल ग्राहकको संख्या ५० लाख ८० हजार पुगेको छ । प्राधिकरणले कोरोना महामारीका बाबजुद आर्थिक वर्ष २०७७-७८ सम्ममा जम्मा ३२ जिल्लामा सारभूतरूपमा पूर्ण विद्युतीकरण गर्न सफल भएको छ । कर्णाली प्रदेशका कालीकोट र जुम्लामा समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पु-याइएको छ ।

Advertisement

आर्थिक वर्ष २०७७-७८ मा प्राधिकरणका जलविद्युत् गृहबाट कुल २ अर्व ८१ करोड युनिट विद्युत् उत्पादन र यो २०७६-७७ को उत्पादन ३ अर्व २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी रहेको प्राधिकरणले जनाएको छ । आ.व.२०७६-७७ मा निजी क्षेत्रका विद्युत् गृहहरूबाट २ अर्व ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत बर्ष ८.३६ प्रतिशतले बढ्न गई ३ अर्व २४ करोड युनिट पुगेको छ ।

२०७६-७७ मा भारतबाट १ अर्व ७३ करोड युनिट विद्युत् खरिद गरिएकोमा ऊर्जाको माग बढेको र प्राधिकरणको उत्पादन घटेको कारणले गत आ.व.मा ६३.४५ प्रतिशत बढी अर्थात् २ अर्व ८२ करोड युनिट विद्युत् आयात गरिएको पनि प्राधिकरणले जनाएको छ ।

कुल उपलब्ध ऊर्जामध्ये प्राधिकरणका विद्युत् गृहको योगदान ३१.६६ प्रतिशत रह्यो भने आयातित र निजी क्षेत्रबाट किनिएको विद्युत्को योगदान क्रमशः ३१.८३ प्रतिशत र ३६.५१ प्रतिशत छ । २०७७-७८ मा कुल विद्युत् खपत ७ अर्व ३१ करोड युनिट रहेको छ । जुन आर्थिक वर्ष २०७६-७७ को ६ अर्व ५२ करोड ९० लाख युनिटको तुलनामा १२ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ०७६-७७ को तुलनामा १.९१ प्रतिशतले बढेर २०७७-७८ मा विद्युत् चुहावट १७.१८ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

Advertisement

२०७७-७८ मा विद्युत् बिक्रीबाट कुल ७१ अर्व २८ करोड आम्दानी भएको र २०७६-७७ को ७६ अर्व ३१ करोडको तुलनामा ६.५९ प्रतिशतले न्यून रहेको प्राधिकरणले जनाएको छ । २०७७-७८ मा प्राधिकरणको सञ्चालन खर्च अघिल्लो आर्थिक वर्षको ६१ अर्व ८७ करोडको तुलनामा १०.९६ प्रतिशतले वृद्घि भई ६८ अर्व ४५ करोड पुगेको पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, विद्युत् खरिद बापत मात्र गत वर्ष मा रु.४१ अर्व ४६ करोड खर्च भएको र जुन अघिल्लो बर्षको तुलनामा १८.०५ प्रतिशतले बढी रहेको प्राधिकरणले जनाएको छ ।, यो समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

सम्बन्धित खबरहरु

Scroll to Top