५ भदाै, काठमाडौं।
नेपालमा पछिल्लो २४ घन्टाभित्र थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये एक हजार ४२४ जना पीसीआर र ६५१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्।
उक्त अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।