१९ भदौ, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ ।