मन्दिर पुनर्निर्माण सकिएन

२९ भदौ ७८, बुधबार

३० भदौ, काठमाडौं ।

भूकम्पले क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रमा अवस्थित दशअवतार मन्दिरको पुनर्निर्माण हुन सकेको छैन ।

पुरातìव विभागका प्रमुख पुरातìव अधिकृत रामबहादुर कुँवरले कोभिड–१९ को महामारी र पटक पटकको बन्दाबन्दीका कारण निर्माण कम्पनीले मन्दिर पुनर्निर्माणको काम समयमा सम्पन्न गर्न नसकेको बताए ।

Advertisement

उनले भने, “निर्माण कम्पनीलाई बारम्बार ताकेता गरिरहेका छौँ । अबको तीन÷चार महिनाभित्र पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ ।”

मन्दिरको पुनर्निर्माणका लागि पाँच वर्षअघि नै निर्माण कम्पनीसँग सम्झौता भई काम सुरु गरिए पनि मन्दिरको अझै आधा काम पनि सम्पन्न हुन सकेको छैन ।

सो मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभाग र निर्माण कम्पनीबीच २०७३ चैत ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण व्यवसायीले तीन करोड ७५ लाख नौ हजार रुपियाँको लागतमा सो मन्दिर २०७५ साउन १५ गतेभित्र पुनर्निर्माण सक्ने गरी सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पुरातìव विभागले २०७६ चैत मसान्तसम्मका लागि दोस्रो पटक म्याद थप गरेको थियो ।

सुरुमा स्थानीयवासीले निर्माण व्यवसायीबाट नभई समुदायलाई मन्दिर पुनर्निर्माणको जिम्मेवारी दिनुपर्ने माग गर्दै केही समय काम अवरुद्ध भएको थियो ।

प्राथवेन्द्र मल्लको पालामा विक्रम संवत् १७३७ मा सो मन्दिर निर्माण गरिएको पाइएको पुरातìव विभागले जनाएको छ । इन्द्रजात्राको समयमा वसन्तपुर डबलीमा दशअवतारको नाच देखाउने चलन रहेकाले मन्दिरलाई दशअवतार मन्दिर भन्ने गरिएको कथन छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top