भाषा परीक्षामा दुई हजार उत्तीर्ण

२९ भदौ ७८, बुधबार

३० भदौ, काठमाडौं ।

वैदेशिक रोजगार विभागले इजरायलमा सुुसारे (केयर गिभर) जान इच्छुक श्रमिक लागि लिइएको अङ्ग्रेजी भाषा परीक्षाको परीक्षाफल परीक्षा भएको दोस्रो दिन नै सार्वजनिक गरेको छ । विभागले सोमबार सञ्चालन गरेको परीक्षाको परीक्षाफल मङ्गलबार सार्वजनिक गरेको हो ।

विभागका अनुसार एक हजार ३९५ जना महिला र ६४४ पुरुष गरी कुल दुुई हजार ३९ जनाले अङ्ग्रेजी भाषा उत्र्तीण भएका छन् । इजरायल जान चार हजार २०० महिला र पाँच हजार ४९९ पुरुष गरी नौ हजार ६९९ जनाले आवेदन दिएका थिए । जसमध्ये छ हजार ३१७ जना लिखित परीक्षामा सहभागी भएका थिए ।

Advertisement

विभागका निर्देशक कमल ज्ञवालीले भाषा परीक्षामा छनोट भएका उम्मेदवारहरूको आगामी असोज १ गतेबाट व्यावसायिक सीप विकास प्रतिष्ठान भैँसेपाटी ललितपुरमा उचाइ र तौल परीक्षण तथा अन्तर्वार्ता हुने जानकारी दिए । उनका अनुसार छनोट भएका उम्मेदवारले उचाइ र तौलको परीक्षण तथा अन्तर्वार्तामा सम्मिलित हुनु पर्छ ।

विभागका अनुसार आवेदक २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, १.५ मिटर उचाइ र कम्तीमा ४५ केजी तौल भएको हुनुपर्छ । योअनुसार उचाइ र तौल नहुने उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी नगराइने विभागले जनाएको छ ।

विभागका अनुसार तोकिएको शैक्षिक योग्यता, तालिमका प्रमाणपत्र एवं अनलाइन दरखास्तका साथ पेस गरिएका कागजात प्रमाणित नभएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । यसका लागि शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयको कम्तीमा एक वर्ष तीन महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने कुरा मापदण्डमै उल्लेख गरिएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुुसारेका लागि नेपाली सहायक कामदार पठाउन लागेको हो । सरकार टु सरकार (जीटुजी)मार्फत इजरायलमा केयरगिभर, कृषि, होटल र रेस्टुरेन्ट, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिनेछ । पहिलो चरणमा केयरगिभरको मात्रै माग आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top