१ असोज, काठमाडौँ ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार प्रतितोलामा १ हजार ४ सय रुपैयाँले घटेर ८९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।