×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

छाप्रामै थलिए राउटे

३ आश्विन २०७८

 असोज, सुर्खेत ।

चिसो भुइँमाथि पातलो खुइलिएको म्याट । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ ।

Advertisement
Advertisement

शरीर ढाक्ने कपडा छ न पानीबाट ओत लाग्ने गतिलो छाप्रो नै । ८९ वर्षीय राउटे कर्णबहादुर शाहीका दुःख यतिमात्र छैनन्, उनलाई लामो समयदेखि हाडजोर्नी दुख्ने समस्याले सताएको छ । अरुको साहारा बिना उठबस गर्न सक्दैनन् ।

फिरन्ते राउटे समुदाय पहिले डाक्टरी उपचारमा त्यति विश्वास गर्थेनन् तर पछिल्ला केही वर्षयता भने उनीहरुको यो धारणा क्रमशः बदलिएको छ ।

कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे । “बिमारले थलिएको धेरै भइसक्यो, औषधि–उपचार पाए हुन्थ्यो”, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, “जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुप¥यो ।”

स्थायी बसोबास, आधुनिक उपचार पद्धति, शिक्षा, कृषि तथा पशुपालनदेखि टाढा रहेको राउटे समुदाय कर्णाली प्रदेश र आसपासका जङ्गलमा फिरन्ते जीवन बिताउने नेपालकै अति लोपोन्मुख जातिमा पर्दछ । यो समुदाय एक साता अघि मात्रै सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ स्थित घाटगाउँमा बसाइँ सरेको हो । छैयालीस घरधुरी रहेका राउटे हाल १४१ को सङ्ख्यामा छन् ।

अधिकांश राउटेका हाटखुट्टामा घाउ–खतहरु छन् । ३० वर्षीय प्रेम शाही दैलेखको गुराँस गाउँपालिकामा अटोरिक्सा पल्टिँदा घाइते भए । उनको दायाँ खुट्टामा गम्भीर समस्या छ ।

दुर्घटनालगत्तै उनले स्थानीय मेडिकलमा उपचार गए । स्वास्थ्यकर्मीले हड्डी भाँच्चिएको बताएपछि डर लागेर उपचार नगराएको उनले बताए । प्रेमलाई पनि अरुको साहाराबिना लामो यात्रा गर्न मुस्किल पर्छ । त्यस्तै, १२ वर्षीय बपिल शाही केही दिनअघि सल्यानको बालुवाग्राहीमा लडेर घाइते भए । उनको दायाँ हातको कुइनामा चोट लागेको छ ।

राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्का (अधिकारी) ले राउटेको उपचारमा स्थानीय र प्रदेश सरकारले बेवास्ता गरेको आरोप लगाइन् ।

“भत्तामात्र बाँडेर राज्यले राउटेप्रतिको दायित्वबाट पन्छिन मिल्दैन,” उनले भनिन्, “बिरामीलाई बस्तीबाट अस्पतालमा पु¥याउने, उपचारका लागि काउन्सिलिङ गर्न उनीहरुले विश्वास गर्न सक्ने मान्छे कुरुवा बस्नुपर्छ, अन्य जाति जस्तो राउटेको उपचार गर्न सजिलो छैन् ।”

सङ्घीय संरचनापछि सरकारले दैलेखको गुराँस गाउँपालिकामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । राउटेहरु जुन जिल्लामा बसाइँ सरेपनि गुराँस गाउँपालिका नै भत्ता वितरण गर्ने गर्दछ । प्रतिष्ठानकी अध्यक्ष अधिकारीका अनुसार बदलिँदो खानपिन, जलवायु परिवर्तनले पारेको असरले राउटेमा बढी स्वास्थ्य समस्या देखिएको छ ।

“कन्दमूल खान छाडे, वनजङ्गल, खोलाकिनारमा नाङ्गै बस्छन्, पहिले–पहिले कन्दमूल खाने, गुना–बाँदरको सिकारलाई उसिन्ने, भातमा पानी बढी हालेर नुन छर्केर खाने गर्थे, तरकारीका रुपमा कुभिण्डो, खोले सागलाई उसिनेर पकाउँथे”, उनले भने, “अचेल खानपिनको शैली बदलियो, मदिराको कुलत बढ्यो, सहरीया खानपिनमा रुचि बढ्यो जसले गर्दा राउटेको स्वास्थ्य अवस्था कमजोर बन्न पुग्यो ।”

Advertisement

गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले गैरसरकारी संस्थाको सहयोगमा राउटे बस्तीमा शिक्षा र स्वास्थ्य सहजकर्ता परिचालन गरेको जानकारी दिए । गम्भीर प्रकृतिको राउटेको उपचारमा सहयोग गर्दै आएको उनको भनाइ छ । “प्राथमिक उपचार बस्तीमै हुन्छ, अलि गम्भीर प्रकृतिको समस्या छ भने उनीहरुलाई काउन्सिलिङ गरेर स्वास्थ्य संस्थासम्म लैजाने व्यवस्था मिलाएका छौँ”, अध्यक्ष वलीले भने ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top