×

NEPAL TIMES UPDATES

Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026

गुमनाम गच्छदार, किन दिएनन् महाधिवेशनमा उम्मेदवारी ?

५ आश्विन २०७८

काठमाडौं : प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत तल्लो तहको अधिवेशन शुरू भइरहेको छ । तल्लो तहको अधिवेशनअन्तर्गत ५७ जिल्लाको वडा अधिवेशन गरिसकेको कांग्रेसले आज मंगलबार थप सात जिल्लामा वडा अधिवेशन हुँदै छ । यही असोज ५ गते सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

अधिवेशन प्रक्रिया अघि बढेसँगै शीर्ष नेताहरूले उम्मेदवारी घोषणा गर्दै अघि बढ्न थालिसकेका छन् । पार्टीभित्र अधिवेशनको सरगर्मी देशभर बढिरहँदा उपसभापति विजयकुमार गच्छदार भने लामो समयदेखि गुमनाम छन् । २०७४ को आम निर्वाचनअघि आफ्नो नेतृत्वमा रहेको नेपाल लोकतान्त्रिक फोरम पार्टीलाई नेपाली कांग्रेसमा समाहित गरेका गच्छदारलाई पार्टी उपसभापतिको जिम्मेवारी दिनुका साथै संसदीय दलभित्र पनि उपनेताको जिम्मेवारी दिइएको थियो ।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोषी ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदारको सांसद पद पनि निलम्बनमा परेको थियो । त्यस बेलादेखि गुमनाम रहेका गच्छदार झन्डै एक वर्ष फरार सूचीमा रही पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै अदालतमा हाजिर हुन आएपछि एकाएक चर्चामा आउनुभएको थियो । अख्तियारले ९ करोड ६५ लाख ७६ हजार बिगो माग दाबीसहित भ्रष्टाचार मुद्दा चलाएको गच्छदारलाई अदालतले १० लाख धरौटीमा छाडेको थियो ।

अदालतले धरौटीमा छोडेलगत्तै राजनीतिक रूपमा तराई क्षेत्रमा बलियो पकड भएका गच्छदारले पार्टीभित्र आन्तरिक सक्रियता देखाउने अनुमान थियो । सभापति देउवा गुटका गच्छदारले महाधिवेशनको संघारमा अझ प्रभावकारी खेल्ने बताइँदै आएपनि उहाँ अहिले गुमनाम जस्तै बस्नुभएको छ । गच्छदार गुमनाम बसेसँगै महाधिवेशनमा उहाँले उम्मेदवारी दिन पाउने नपाउने भन्ने बारेमा पनि चर्चा भइरहेको छ ।

‘भ्रष्टाचार मुद्दा लागे पनि अदालतले दोषी ठहर गरेको छैन, यस्तो अवस्थामा पार्टीभित्र उम्मेदवार हुन उहाँलाई विधानले छेक्दैन’, कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘यो महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिन गच्छदारलाई विधानले छेक्दैन ।’ अदालतले दोषी ठहर गरी फैसला गरिसकेको सन्दर्भमा भने फरक हुने निर्वाचन समितिका संयोजक यादवको भनाइ छ ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा रामकृष्ण चापागाईंले लेखेका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top