एक साताका लागि ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

७ असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ।

बैकिङ प्रणालीमा तरलता कम भएपछि अस्थिर बनेको अन्तरबैंक ब्याजदरलाई नियन्त्रण गर्न राष्ट्र बैंकले रिपो जारी गर्ने भएको हो। आज (बिहीबार) जारी हुने रिपो असोज १४ मा परिपक्व हुनेछ।

केन्द्रीय बैंकले ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गर्न लागेको हो। रिपो बिहीबार अपराह्न ३ बजे नै बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् । बैंक तथा वित्तीय संस्थाले बिहीबार ३ बजेभित्र बोलकबोलमा सहभागी भइसक्नुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको चरम अभाव भएपछि केन्द्रीय बैंकले हरेक साता रिपोको माध्यमबाट बजारमा पैसा पठाउँदै आएको छ। गत दुई साता दुई हप्ताका लागि पैसा पठाएको केन्द्रीय बैंकले आजको रिपो बोलकबोलबाट भने एक हप्ताको लागि मात्र पठाउन लागेको हो।

मौद्रिक तरलता व्यवस्थापनको अल्पकालीन उपकरणको रुपमा आर्थिक वर्ष २०६१र६२ देखि बोलकबोलको मध्यमबाट नेपाल राष्ट्र बैंक र वाणिज्य बैंक, बिकास बैंक एवं वित्त कम्पनीबिच रिपो तथा रिभर्स रिपो कारोबार हुँदै आएको छ।

रिपो बोलकबोलअन्तर्गत राष्ट्र बैंकले नेपाल सरकारको ट्रेजरी बिल धितोको रुपमा लिई बैंक तथा वित्तीय संस्थालाई तरलता उपलब्ध गराउने गर्दछ।

के हो रिपो?

बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयानुसार अल्पकालीन अवधिको तरलता प्रवाहका लागि प्रयोग हुने उपकरण ‘रिपो’ हो ।

यस उपकरणको निष्कासनका दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको केन्द्रीय बैंकमा रहेको खातामा नेपाल राष्ट्र बैंकले बाँडफाँट अनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिका लागि तरलता प्रवाह हुन जान्छ।

बोलकबोल प्रक्रियाबाट निष्कासन हुने यस उपकरणमा बहु–ब्याजदर विधिको प्रयोग गरिन्छ। रिपो उपकरणको बोलकबोलमा सफल बोलकर्ताको खातामा रकम जम्मा गर्नुअघि ती बोलकर्ताले बाँडफाँट अनुसारको रकमको ११० प्रतिशत रकम बराबरको आफ्नो स्वामित्वमा रहेको ट्रेजरी बिल वा विकास ऋणपत्र धितो स्वरूप नेपाल राष्ट्र बैंकमा बुझाउनु पर्दछ।

रिपो उपकरणको बोलकबोलमा सहभागी हुन इच्छुक संस्था र केन्द्रीय बैंकबीच अनिवार्य रूपमा मास्टर रिपर्चेज एग्रिमेण्ट भएको हुनुपर्दछ। अन्यथा रिपो उपकरणको बोलकबोलमा सहभागी हुन पाइँदैन।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top