विराटनगर,साउन २
नेपाली राष्ट्रिय त्रिकेट टिमका भेट्रान बलर शक्ति गौचनले सन्यास लिने घोषणा गरेका छन् ।नेपाल युरोप भ्रमणमा जानु अघि बुधबार उनले पत्रकार सम्मेलनमा आफुले सन्यास लिने निर्णय सुनाएका हुन् ।
नेपालले नेदरल्यान्ड्ससँग खेल्ने पहिलो एकदिवसीय खेल नै शक्तिका लागि नेपालको तर्फबाट खेल्ने अन्तिम औपचारिक प्रतियोगिता हुनेछ ।
नेपालले साउन १३ मा लड्र्समा एमसीसी र नेदरल्याण्ड्ससँग टी–२० सिरिज खेल्नेछ भने त्यस लगतै साउन १६ र १८ मा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय श्रृखला खेल्नेछ ।
उनले नेपाली दर्शकमाझ नेपालमै विदाइ खेल खेल्ने इच्छा रहेको पनि बताएका छन् ।