९ असाेज, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ९५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ५० र एन्टिजेन विधिबाट ३ हजार ५२९ जनामा परिक्षण गर्दा ९५३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, आज थप १३७१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ जना पुगेको छ । निको हुने दर ९६.१ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ८७ पुगेको छ ।