आजबाट काठमाडौंका विद्यालय सञ्चालन हुँदै

१० असोज, काठमाडौं ।

कोरोना भाइरसको महामारीका कारण वैशाखबाट बन्द रहेका काठमाडौं महानगरपालिकाका विद्यालय आजदेखि खुल्ने भएका छन्।

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्ने महानगरले निर्णय गरेपछि आजदेखि पठनपाठन हुन लागेको हो। महानगरको विद्यालय खोल्ने निर्णयले अभिभावक भने चिन्तित बनेका छन्।

दशैंको मुखमा विद्यालय सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने उनीहरुको चिन्ता छ। काठमाडौं महानगरले भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न विद्यालयलाई निर्देशन दिएको छ।

केही विद्यालय यसअघि नै सञ्चालन भइसकेका छन्। बाँकी विद्यालय पनि आजबाट सञ्चालनमा आउनेछन्। अन्य धेरै स्थानीय तहले पठनपाठन सञ्चालन गरिसकेका छन्। जोखिम रहेका केही स्थानमा मात्रै विद्यालय बन्द रहेका छन्।

कोरोनाको दोस्रो लहर आएपछि वैशाख दोस्रो साताबाट विद्यालय बन्द भएका थिए। त्यसयता अनलाइन माध्यमबाट पठनपाठन हुँदै आएको थियो।

तर, अधिकांश विद्यार्थीलाई इन्टरनेटको सहज पहुँच नहुँदा पढाइ प्रभावित हुँदै आएको थियो।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top