भेरी बबई डाइभर्सन दोस्रो चरणको काम सुस्त

१० असोज, काठमाडौं ।

Advertisement

राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम सुुस्त ढङ्गले अगाडि बढेको छ । यस आयोजनाको पहिलो चरणको काम भने तोेकिएको समयभन्दा एक वर्षअघि नै पूरा भएको थियो ।

टनेल बोरिङ मेसिन (टीबीम)बाट १२.२० किलोमिटर लामो र ४.२० मिटर व्यास भएको सुरुङ निर्माण तोकिएको अवधिभन्दा एक वर्षअघि नै सम्पन्न भइसकेको हो ।

Advertisement

२०७६ साल वैशाख ३ गते सुरुङको ‘ब्रेक थ्रु’ गरिएको थियो । एक वर्षअघि नै पहिलो चरणको सुरुङ खन्ने काम सकिएपछि आयोजनाको अन्य काम पनि छिट्टै हुने विश्वास गरिएको थियो तर दोस्रो चरणको कामको गति सुस्त बन्दा स्थानीय तथा सरोकारवाला सबैलाई चिन्ता बढाएको छ ।

हेड वक्र्स, बाँधलगायत अन्य काम दोस्रो चरणमा गर्नुपर्नेछ । कहिले कोरोना, कहिले मजदुर अभावका कारण दोस्रो चरणको काम सोचेजस्तो हुन नसकेको आयोजना कार्यालयले जनाएको छ । लगातार काम अवरुद्ध हुँदा २०८० सालभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यमा चुनौती थपिएको छ ।

Advertisement

दुई वर्षदेखि आयोजनाको दोस्रो चरणको काम चलिरहेको छ । दोस्रो चरणअन्तर्गत हेड वक्र्स र पावरहाउस निर्माण गरिने कार्यसूची आयोजनाको छ ।

जसमा आयोजनाको बाँधस्थल सुर्खेतको भेरीगङ्गास्थित चिप्लेमा स्वचालित गेट, पेनस्टक, स्टिल लाइनिङ, बबईमा विद्युत् गृह, टर्बाइन, विद्युतीय उपकरण र सबस्टेसनलगायत काम रहेका छन् ।

दोस्रो चरणको काम गर्ने अवधि ४८ महिनाको हो । सम्झौताअनुसार दुई कम्पनीले अबको दुई वर्ष अर्थात् आगामी २०८० भित्र यो काम सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ३८ प्रतिशत रहेको छ । बाँकी रहेको दुई वर्षमा लक्ष्यअनुसारको काम सम्पन्न गर्न निकै ठूलो चुनौती आयोजनालाई छ ।

आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले पहिलो चरणको कामको तुलनामा दोस्रो चरणको काममा केही सुस्त भएको बताए  ।

यद्यपि, अहिले कामको गति बढिरहेकाले तोकिएको अवधिभित्र सक्ने लक्ष्य राखिएको उहाँको दाबी छ । दोस्रो चरणको काम थालिएपछि विशेषगरी कोरोनाले असर पु–याएकाले काममा असर परेको हो । उनका अनुसार बाँकी दुई वर्षभित्र करिब–करिब सबै काम सकिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top