लमजुङमा कांग्रेस कार्यकर्ताले मतपत्र जलाए, चुनाव अनिश्चित

९ असोज ७८, आइतबार

१० असोज, लमजुङ ।

कांग्रेसको १४ औँ महाधिवेशनको क्रममा शनिबारदेखि स्थानीय तहको निर्वाचन सुरु भएको छ । कही निर्विरोध र कहि चुनावी प्रक्रियामा अधिवेशन भएको छ ।

तर, लमजुङको राइनासमा भने मत्रपत्रमा विवाद आएपछि कार्यकर्ताले मतपत्र जलाएका छन् । मत्रपत्रमा त्रुटि भएको भन्दै मतदान भएर केही मत मात्रै खस्न बाँकी रहँदा मतदान प्रक्रिया स्थगित भएको हो ।

नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलबिच चुनावी प्रतिस्पर्धा भएको थियो । २०२ क्षेत्रीय प्रतिनिधि रहेको राइनासमा १२३ मत खसेपछि चुनाव रोकिएको हो ।

उम्मेदवार श्रीकृष्ण पौडेलको नाम पछाडि रेजा लगाउने बक्स नै नराखिएको पाइएपछि पौडेल पक्षले अवरोध गरेको हो । आफूले आफैलाई मत हाल्न नपाउने गरी तयार भएको मतपत्रबारे नगर सभापतिका उम्मेदवार पौडेल भन्छन्, ’म त मत माग्नमा व्यस्त थिएँ । तर मतपत्रमा रेजा लगाउने बक्स नै नभएपछि निर्वाचन रोकिएको हो ।’

सभापतिका अर्का उम्मेदवार नुरराज कडरियाले निर्वाचन अधिकृतको त्रुटिका कारण मतपत्रमा प्राविधिक गल्ती देखिएका कारण चुनाव रोकिएको बताए । निर्वाचन मण्डलले त्रुटि भएको स्वीकार गरेको छ ।

यद्यपि स्थगित निर्वाचन कहिलेबाट हुने भने निर्णय भने गरेको छैन । राइनासमा सभापति, उपसभापति, सचिव, सहसचिवसहित सबै सदस्य पदका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top