१० असोज, काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले (भोली) सोमबार देखि १८ वर्ष माथिका सबैलाई खोप लगाउने भएको छ ।
महानगरपालिकाको आज एक सुचना जारी गर्दै ३२ वडाको खोप केन्द्रबाट अष्ट्राजेनिका खोप उपलब्ध गराउने महानगरले जनाएको हो । तोकिएका खोप केन्द्रहरुमा १० बजेदेखि ४ बजेसम्म खोप लगाइने छ । यस्तै महानगरले थप ७ वटा खोप केन्द्र पनि थप गरेको छ ।
थपिएका खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल, शशस्त्र प्रहरी बल, बीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल र श्री बीरेन्द्र सैनिक अस्पताल रहेका छन् ।
जिल्ला स्तरीय खोप समन्वय तथा अनुगमन समिति काठमाडौँ र प्रदेश स्वास्थ्य कार्यालय काठमाडौँ आइतबारको निर्णयको आधारमा खोप उपलब्ध गराउने भएको हो ।
खोप लगाउन जाँदा परिचयपत्र खुल्ने फोटोसहितको परिचयपत्र र विद्युतीय दर्ता नम्बर लिएर नजिकको खोप केन्द्रमा जानुपर्ने महानगरको सुचनामा उल्लेख छ ।