×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

लोकसेवा आयोगका अध्यक्ष र पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा बढी

१७ आश्विन २०७८

१७ असोज, सुर्खेत ।

सबैभन्दा गरिब प्रदेशका रूपमा चिनिएको कर्णालीमा लोकसेवा आयोगका अध्यक्ष तथा अन्य पदाधिकारीको सेवासुविधा मुख्यमन्त्रीभन्दा बढी तोकिएको छ ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पारेको लोकसेवा आयोगका आयोगका पदाधिकारीको पारिश्रमिक सेवासुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार उनीहरूलाई मुख्यमन्त्री, मन्त्री तथा सांसदभन्दा बढी सेवासुविधा तोकिएको छ ।

कर्णाली प्रदेश राजपत्रका प्रकाशित सूचनाअनुसार आयोगका अध्यक्षले मासिक ६२ हजार ६ सय ८० रुपैयाँ पाउने छन् । जबकि कर्णाली प्रदेशका मुख्यमन्त्रीले मासिक ६० हजार नौ सय ७० रुपैयाँ तलब पाउँदै आएका छन् ।

लोकसेवाका आयोगका सदस्यको तलब ५२ हजार पाउने छन् । कर्णालीका मन्त्रीहरूले तलब ५२ हजार रुपैयाँ पाउँदै आएका छन् ।

लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरू वरीयतामा मुख्यमन्त्री र मन्त्रीभन्दा पछाडि छन् । सोही किसिमका अन्य आयोगका उपाध्यक्ष तथा अध्यक्षको तलब राज्यमन्त्री वा सांसदसरह तोकिएको छ ।

ऐनअनुसार लोकसेवा आयोगका पदाधिकारीलाई ११ वटा सेवासुविधा तोकिएको छ । कर्णाली प्रदेशका मन्त्रीहरूले १० प्रकार सेवासुविधा पाउँदै आएका छन् ।

ऐनअनुसार लोकसेवा आयोगका अध्यक्षको तलब मासिक ६२ हजार ६ सय ८०, सदस्यको ५५ हजार, आवास सुविधा अध्यक्ष र सदस्यले १५ हजार मासिक, आवास मर्मत वार्षिक १० हजार, सञ्चार सुविधा मासिक पाँच हजार, धारा पानी बिजुली मासिक एक हजार पाँच सय, पोसाक भत्ता वार्षिक १० हजार पाउने छन् । जबकि कर्णालीका मन्त्रीहरूले तीन वर्षमा एकपटक मात्र पोसाक भत्ता पाउँछन् ।

त्यस्तै, अध्यक्षले इन्धन मासिक एक सय २५ लिटर, सदस्यले मासिक एक सय लिटर, मोविल त्रैमासिक पाँच लिटर, अतिथि सत्कार अध्यक्षले मासिक पाँच हजार, सदस्यले दुई हजार पाँच सय, दैनिक भ्रमण भत्ता नेपाल सरकारले तोकेबमोजिम विशिष्ट क्षेणीको पाउने उल्लेख गरिएको छ ।

कर्णाली प्रदेश लोकसेवा आयोग ६ फागुन ०७७ मा गठन भएको हो । कर्णाली प्रदेश लोकसेवा आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यहरूमा वसन्तीकुमारी शाही र भक्तबहादुर शाही छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top