×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने || Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026
Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026

आक्रामक खेलले दिलाएको सफलता

१९ आश्विन २०७८

१९ असोज, काठमाडौं ।

दोस्रो प्रतिस्पर्धात्मक खेलमा श्रीलंकालाई पराजित गर्दै नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।

Advertisement
Advertisement

नेपालले फिफा बरीयतामा आफूभन्दा निकै तल रहेको श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप्दा २ गोल ब्यहोरेको थियो ।

यसअघि नेपालले १३औँ संस्करणको साफ उद्घाटन खेलमा आयोजक माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको थियो । लगातार दुई जितसँगै नेपाल सिंगल राउण्ड रोबिन लिगको शीर्ष स्थानमा । पाँच देश सम्मिलित लिगमा नेपालले दुई खेलबाट शतप्रतिशत जितसहित ६ अंक बनाएको छ ।

दुई खेलबाट चार अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलबाट एक अंक बटुलेको भारत तेस्रो स्थानमा छ । एक खेलबाट बिना कुनै अंक माल्दिभ्स र दुई खेलबाट कुनै अंक जोड्न नसकेको श्रीलंका क्रमशः चौथो र पाँचौ स्थानमा छन् ।

नेपाल दोस्रो जितसँगै फाइनल उन्मुख भएको छ । तालिकाका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । अब नेपाल एक खेल जितले फाइनल पुग्ने निश्चित छ । नेपालले तेस्रो खेलमा सात पटकको साफ बिजेता भारतको सामना गर्नेछ ।

पछिल्लो समय आक्रामक फुटबलमा केन्द्रित नेपाल लगातार दुबै खेलमा सोही रणनीतिमा सफल रह्यो । नेपालका लागि कुबेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा तथा अनुवभी मिश्रित नेपाली टोलीलाई आक्रमक फुटबलमा अभ्यस्त बनाउने प्रयास गरिरहेका छन् । धेरै समय विपक्षीको दबाब लिँदै अन्तिममा गोल गर्ने अब्दुल्लाहको रणनीति सफल हुँदै पनि गएको छ ।

पहिलो खेलमा माल्दिभ्सविरुद्ध अब्दुल्लाह सोहि रणनीतिमा सफल भए । अनुभवी माल्दिभ्सका खेलाडीसामु युवा खेलाडी उतारेका अब्दुल्लाहले ‘फ्रेस’ मनिष डाँगीलाई मैदान पठाउँदै निर्णायक काउन्टर गोल गराएका थिए ।

दोस्रो खेलमा भने अब्दुल्लाहले सुरुवातबाटै नेपाली टोलीलाई आक्रमणमा जोड दिए । नियमित डिफेण्डर दिनेश राजवंशीलाई बाहिर राख्दै डिफेन्सिभ मिडफिल्डर रोहित चन्दलाई दोहोरो भूमिका दिए । उनले मिडफिल्डर पुजन उपरकोटीलाई रक्षा तथा मिड दुबैमा खेलाए ।

पहिलो खेलमा लेफ्ट विंगरको भूमिका पाएका सुजल श्रेष्ठलाई बाहिर राख्दै विशाल राईलाई होल्डिङ मिडफिल्डरमा मौका दिए । विशाल सुरुवाती ११ रहे पनि नियमित तेज तामाङले अट्याकमा प्रस्ट देखिए ।

सुजलको स्थानमा सुमन लामा आएका थिए । पछिल्लो समय अभ्यास सत्रमा नेपाली अट्याकमा सफल रहेका सुमनले पुनः एक पटक प्रशिक्षक अब्दुल्लाहको रणनीतिलाई न्याय दिए ।

सुमनले अगाडि बढ्दै खेलको ३१ मिनेटमा नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । सुमनले एक्ला स्ट्राइकर नवयुग श्रेष्ठको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट आकर्षक गोल गरे ।

देशका लागि यो सुमनको पहिलो गोलसमेत हो । पाँच वर्ष अघि राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुमनले आफ्नो १६औँ क्यापमा गोल गरेका हुन् ।

दोस्रो गोलसमेत काउन्टरमा सम्भव भएको थियो । तेज तामाङले दिएको लामो क्रस वैकल्पिक खेलाडी आयुषले कन्ट्रोल गरे । आयुषले बक्सभित्र श्रीलंकन डिफेण्डरलाई बिट गर्दै नवयुगलाई बल उपलब्ध गराए ।

नवयुगको प्रहार श्रीलंकन गोलरक्षक सुजन परेराले पन्च गरे । रिबाउण्ड बललाई अन्जन विष्टले गोललाइनबाट खोली पोष्टमा जाली चुमाए ।

तेस्रो गोलसमेत काउन्टरमै सम्भव भयो । युवा खेलाडी आयुषले पहिलो आधिकारिक गोल गरे । यसअघि बारम्बार गोल गर्न चुकेका आयुष यसपटक भने सफल रहे ।

उनले गोलरक्षक परेरालाई सिक्स ¥याड बक्समा बिट गर्दै सहज गोल गरे । यसअघि अष्टेलियाविरुद्ध फिफा विश्वकप छनोटमा डेब्यु गरेका आयुषले कतारमा ओमानविरुद्ध पहिलो गोल गरेका थिए । तर, सो खेल आधिकारिक थिएन ।

एक प्रकारले प्रतियोगिताको दुबै खेलमा नेपाल काउण्टरमा सफल रह्यो । अब, नेपालको लक्ष्य तेस्रो खेलमा भारततर्फ केन्द्रित छ ।

खेलपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले प्रतियोगितामा प्रदर्शनभन्दा पनि नतिजा महत्वपूर्ण हुने बताउँदै आगामी खेलमा समेत काउन्टरमै ध्यान हुने योजना सुनाए । ‘प्रदर्शन भन्दापनि नतिजा महत्त्वपूर्ण हुन्छ । विपक्षीले बल राख्न चाहन्छन् । मलाई अंक चाहिएको छ,’अब्दुल्लाहले भने ।

उनले खेल जितेकोमा खुशी व्यक्त गरे । ‘म तीन अंक जोड्न सकेकोमा धेरै खुसी छु । खेल निकै कठिन थियो । यो प्रतियोगितामा अंक निकै महत्त्वपूर्ण छ र हामीले सम्भव भएको ६ मा सबै ६ जित्न सकेका छौं, हाम्रो अब फाइनल पुग्ने १ प्रतिशत सम्भावना रहेको मेरो बुझाइ छ । प्रतियोगिता अझै बाँकी छ, म खेलाडी र समर्थकबाट निरन्तर साथको अपेक्षा छ । अब दबाब अन्य टोलीलाई छ ।’

खेल अनुसार रणनीति हुने भन्दै बताउँदै उनले टोलीले जितका लागि खेल्ने स्पष्ट पारे ।

खेलमा प्लेयर अफ द म्याच बनेका विंगर अन्जन विष्टले नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान बनाउने चाहना रहेको बताए ।

खेल पछि पत्रकार सम्मलेनमा उनले भने, ‘‘रेकर्ड तोड्ने चाहना भइहाल्छ । १३ गोलमा अड्किराछ, मुख्य कुरा नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने छ तर फरवार्डले मात्र होइन सबैले गोल हान्छ ।

अहिले मिडफिल्डरले पनि गोल हानेको छ । मेरो पनि चाहना छ १३ गोलको त्यो रेकर्ड तोड्ने । त्यसका लागि म अझै मिहिनेत गर्नेछु ।’

अन्जनको यो छैंटौंँ गोल हो । सन् २०१४ मा फिलिपिन्स विरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका अन्जनले पहिलो राष्ट्रिय गोल गर्न पाँच वर्ष कुर्नुपरेको थियो । विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईविरुद्ध सन् २०१९ मा उनले एकै खेलमा २ गोल गरेका थिए ।

उनले इराक, चाइनिज ताइपेइ, भारत र श्रीलंकाविरुद्ध पछिल्लो केहि महिनाको अन्तरमा गोल गरेका छन् ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top